विराटनगर, पुस २७ गते । पत्रकारहरूको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडमा सर्वसम नयाँ संचालक समिति गठन गरेका छन ।
सहकारीको ११ औँ साधारण सभाकाे बन्दसत्रबाट गठन भएकाे संचालक समितिकाे अध्यक्षमा पत्रकार दिपक दाहाल, उपाध्यक्षमा महाप्रसाद खतिवडा, सचिवमा विजयहरि खतिवडा र कोषाध्यक्षमा चिना थापा सर्वसम्मतिले चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा बाबुराम भण्डारी, शान्ति दाहाल, मुकेश यादव, राजेश राजवंशी, भोजराज घिमिरे रहेका छन् । लेखा समिति संयोजकमा अविनाश निधि र सदस्यहरूमा हरि अधिकारी र उत्तम पोखरेल समेत सर्वसम्मतिले चयन भएका छन् ।
११ वर्ष अगाडी स्थापना भएको सहकारीमा १ सय १६ जना सेयर सदस्य पुगेका छन् ।
साधरणसभाकाे खुल्लासत्रका प्रमुख अतिथि पर्शुराम खापुङले उत्कृष्ट ऋणी र बचतकर्तालाई सम्मान गरिएका छन।
सम्मानित हुनेहरूमा उत्कृष्ट बचतकर्ता श्यामसुन्दर सुतिहार र उत्कृष्ट ऋणी चिना थापा, भोजराज घिमिरेलगायतलाई दाेसल्ला आेढाएर कदर पत्र प्रदान गरेका थिए ।
प्रदेश प्रमुख खापुङ्गले पत्रकारद्वारा पत्रकारकालागि सञ्चालनमा गरिएको सहकारीलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले सहकारीले व्यक्ति, समाज र सिंगो राष्ट्रको उन्नतिमा महत्वपूर्ण योगदान दिने हुँदा सञ्चारकर्मीद्वारा सञ्चालित सहकारी उदाहरणीय हुनुपर्ने बताए ।
उक्त साधारणसभामा पत्रकार महासंघ प्रदेश १ अध्यक्ष लीलाबल्लभ घिमिरेले सञ्चारकर्मीलाई आवश्यक उपकरण किन्न सहुलियतमा ऋणको व्यवस्था गर्न सुझाव दिए । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले सहकारी विराटनगर केन्द्रीत मात्र नभइ व्यापक हुन सुझाव दिएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]