विराटनगर, माघ २७ गते । प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन विराटनगरमा हुने भएकाे छ ।
प्रदेश नंः १ काे प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन वारे जानकारी दिने उदेश्यले गरीएकाे पत्रकार गरी माघ २९ गते सम्मेलन हुने प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनका संयाेजक संजय कुमार मण्डलले वताए ।
लघुवित्तको क्षेत्रमा विकास प्रवद्धन लगायत गरिव वर्ग पनि ऋण लगानी गर्न योग्य छ, भन्ने मान्यतालाई स्थापित गर्न सम्मेलनको मुख्य उदेश्य रहेको मण्डलले वताए ।
प्रदेश १ मा रहेका लघुवित्त संस्था र तिनवटा सहकारी संस्थाहरु आयोजक समितिमा रहेको छ, भने राष्ट्र सहकारी बैंक, राष्ट्र बैंकसंग सहकार्य गरेको उहाँले जानकारी गराए ।
प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनकाे प्रथम सत्रमा लघुवित्तबाट सदस्यहरुमा परेको प्रभाव बारे सफल उद्यमीहरुको अनुभव, अनुभुति र मनका कुरा महेन्द्र कुमार गिरी, सदस्य आयोजक समिति सदस्यहरुबाट अनुभव तथा सफलताको कथा प्रस्तुतिकरण ६ जनाले दिनुहुने छन ।
दोस्रो सत्रमा लघुवित्तको मर्म तथा वित्तीय साक्षरता एवं ग्राहक संरक्षण बारे पृथ बहादुर थापा, का.मु. प्र.का.अ., आरएमडीसी ल.वि.स. प्रस्तुति दिने छ भने कार्यपत्र प्रस्तुति डा. भेष प्रसाद धमला, अध्यक्ष नेरुडे लघुवित्त वित्तीय संस्था लि. गर्नु हुने छ भने ग्राहक सदस्यको तर्फबाट एक जना सदस्य आफ्नो प्रस्तुति दिनु हुने छ ।
तेस्रो सत्र नेपालमा लघुवित्तको महत्व र आवश्यकता बारे
भोजराज बस्याल, सहसंयोजक आयोजक समिति लघुनाटक प्रस्तुतिकरण रहने छ ।
लघुवित्त संस्थाले अहिले सम्म उक्त सेवा अन्र्तरगत ४ खर्ब, ५७ अर्ब १८ करोड, ६३ लाख ३६ हजार एक सय ८० रुपैयाँ कर्जा लगानी गरिसकेको उहाँले बताउनुभयो । प्रदेश १ भित्र रहेका लघुवित्त संस्थाहरुले १ खरब, ६४ अरब, १९ करोड, ६० लाख ६५ हजार ६ सय रुपैयाँ बचत परिचालन रहेको आयोजकले जनाएको छ । सम्मेलनले लघुवित्त संस्थामा आवद्ध सदस्यहरुको स्तरउन्नती गर्ने खालको योजना तयगर्ने उहाँले जनाउनुभयो । महिला तथा जेष्ठनागरीक मन्त्री भगवती चौधरीले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको संयोजक मण्डलले जानकारी गराए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]