विराटनगर, फागुन ४ गते । द आर्ट अफ लिभिङले विराटनगर-५ स्थित नेपालकै पहिलाे आफ्नै भवन निर्वाण कार्य सम्पन्न गरेका छन ।
उक्त भवनकाे फागुन ६ गते महाशिवरात्रीका समुद्घाटन हुने बारे जानकारी दिने उदेश्यले आयाेजना गरीएकाे पत्रकार सम्मेलनमा आर्ट अफ लिभिङ विराटनगरका काे-अर्डिनेटर शेर बहादुर श्रेष्ठले जानकारी गराएका हुन ।
विराटनगर-५ को कोशी बहिरा मावि नजिक डेढ कठ्ठा क्षेत्रफलमा निर्माण भएकाे आश्रम करिव १ करोड ३० लाख लागतमा निर्माण सम्पन्न भएको छ ।
भवनकाे समुद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, द आर्ट अफ लिभिङ फाउण्डेशनका केन्द्रीय अध्यक्ष एसके सिंह र भारत बैंङलोर आश्रमका स्वामी पूर्ण तेजले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको श्रेष्ठले वताए ।
भवन उद्घाटन कार्यक्रमका अवसरमा भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान पत्रद्धारा सम्मानित गर्ने गर्ने भएकाे छ।
द आर्ट अफ लिभिङ फाउण्डेशन एक गैरनाफामूलक शैक्षिक र मानवतावादी गैर सरकारी संस्था हो । यसको शाखा १८० देशहरूमा रहेको छ । रविशंकर द्वारा सन् १९८१ मा संस्थापित द आर्ट अफ लिभिङ स्वयंसेवी संस्था हो ।
हिंसा रहित समाज, तनाव रहित मन भन्ने नाराबाट प्रेरित भएर मानवताको उद्धार र जीवन स्तरमा सुधारको लागि यो संस्था कार्यरत छ । संस्थाको उद्देश्य व्यक्तिगत, सामाजिक, राष्ट्र र सम्पूर्ण विश्व स्तरमा शान्ति स्थापित गर्नु रहेको छ ।
द आर्ट अफ लिभिङ संस्थाले तनाव निष्कासन र स्वयंको विकासको लागि कार्यक्रम प्रस्तुत गर्दछ जुन अधिकांश प्राणायम ध्यान र योगमा आधारित रहेकाे छ।
विश्वभरमा हजारौं मानिसलाई निराशा, हिंसा र आत्महत्या गर्ने प्रवृत्ति घटाउन मद्धत गरेको छ । प्रार्थना र जिम्मेदारी जोड्ने आर्ट अफ लिभिङले विश्वभरका दस लाख भन्दा पनि बढी मानिसहरूलाई आफ्नो जीवन मानवता को सेवा र विश्वस्तर मा ध्यान र सेवाको लागि समर्पित प्रेरित गरेको भारत बैंङलोर आश्रमका स्वामी पूर्ण तेजले वताए ।
द आर्ट अफ लिभिङले सामाजिक क्षेत्रमा बाढी पहिरो, आगलागी, शितलहर लगायतका कारणबाट पीडित भएकाहरुलाई सहयोग गर्दै आएका छन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]