विराटनगर । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा साथ नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशनको आज पूव प्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष केपी ओलीले समुद्घाटन गर्ने भएको छ ।
महाधिवेशन उद्घाटनको अवसरमा केपी ओली रोडरेसको प्रथम संस्करण २०७९ हुने सो अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति रहने छन् । विराटनगरको सहिद रंगशाला विराटनगरबाट शुरु हुने रोडरेस (खुला दौड) हाटखोला पुष्पलाल चोक, बरगाछी, महेन्द्र चोकहुँदै रोडशेष पुगेर महाधिबेशन स्थल जाने तयारी भएको आयोजक समितिले जनाएको छ । खुला सडक दौड (रोडरेस) प्रतियोगितामा प्रथम हुने महिला र पुरुषले जनही नगद एक÷एक लाख नगतवाट पुरस्कृत हुनेछ ।
महासंघको महाधिवेशनलाई लक्षितगरि नेफोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति व्याडमिन्टन प्रतियोगिता जारी रहेको छ । ब्याडमिन्टन प्रतियोगिता २ गतेदेखि जारी छ आजै सम्पन्न हुनेछ ।
नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोह आईतबार विराट नर्सिङ होम पूर्व रेको महोत्सवस्थलको मैदानमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उद्घाटन गर्ने संयोजक बस्नेतले बताए ।
महाधिवेशन उद्घाटन समारोहमा कराँते, उसु, तेक्वान्दो, कबट्टी लगायतको खेलहरु प्रदर्शन गरिने खेलकुद महासंघ प्रदेश १ का ईन्चार्ज सन्तोष बान्तवाले जानकारी दिए । जातीय संस्कृति झल्कने भेषभुषा सहितको सन्थाल, चौधरी, धिमाल, उराव, राई (साकेला) नेवारहरुकोे लाखे लगायत सास्कृतिक झाँकीहरु प्रदर्शन गरिने उनको भनाई छ ।
बन्दसत्रको कार्यक्रम आजै साझ मनासलु पार्टी प्यालेसमा हुने छ । महाधिबेशनमा ७७ जिल्लाका प्रतिनिधि, २८ खेलसंघ प्रतिनिधि, ७ प्रदेश र १ उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु सहित ५३० प्रतिनिधि सहभागी हुने भएकोे छ ।
२९९ केन्द्रीय सदस्य महासंघमा अध्यक्षकोलागि अहिलेसम्म पर्शुराम बस्नेत बाहेक अरुले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । बन्दसत्रमा राजनैतिक तथा सांगठनिक कायिक विधान लगायत प्रतिवेदनहरु प्रस्तुत गरिने प्रवक्ता तिर्थबहादुर खड्काले जानकारी दिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]