विराटनगर, फागुन ७ गते । नेपाल खेलकुद महासंघको दोश्रो महाधिबेशनको अवसरमा प्रथम केपी ओशी रोडरेस प्रतियोगिताका उपाधि नेपाली सेना र शसस्त्रको पोल्टामा परेका छन् ।
रोडरेसमा महिला र पुरुष वीच छुट्टा छुट्टै प्रतियोगिता भएकोमा पुरुष तर्फको नेपाली सेना र महिला तर्फको सशस्त्र प्रहरीले विजय हासिल गरका छन् ।
पुरुष तर्फ भएको खुला दौडमा नेपाली सेनाका मुकेश नेपाली प्रथम, श्रीकाश द्धितीय हुँदै टंक कार्की तृतीय र नागेश्वर अहिर र मिनल कार्की क्रमश चौथो र पाँचौँ भएका थिए ।
त्यसैगरी महिला तर्फको दौडमा सशस्त्र प्रहरीकी फुलमती राना प्रथम, नेपाल प्रहरीकी राममायाँ बुढा द्धितीय, शसस्त्र प्रहरीकी सिमा चौधरी तृतीय, नेपाल प्रहरीकी सुमित्रा चौधरी र भोजपुुरकी छेन्नीमायाँ राई चौथो र पाँचौँ भएका थिए ।

उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौँ हेुनेले महिला र पुरुष दुबै समुहका बिजेतालाई क्रमश ५१ हजार, ३१ हजार, १५ हजार, ८ हजार ५ हजार नगद प्रदान गरिएको केपी ओलीे खुला दौड (रोडरेस) प्रतियोगिताका संयोजक अनिरुद्र चौधरीले जानकारी दिए ।
प्रतियोगिताका विजेताहरुले ५ किलोमिटर दुरी तय गरिएको थियो । विराटनगरस्थित सहिद रंगशालाबाट शुरु भएको खुला दौड पानीट्यांकी, तीनपैनी, बरगाछी, शनिमन्दिर, जलजला मोड, अस्पताल चोक हुँदै पुन रंगशालामा पुगेर सम्पन्न भएको थियो ।
दौडमा महिला तर्फ १७५ जना र पुरुष तर्फ ४२५ जना प्रतियोगी सहभागी थिए । प्रतियोगितामा सहभागी हुनको लागि नेकपा एमालेका नेताहरु गोकुल बाँस्कोटा, राजेन्द्र गौतम, जीवन घिमिरे, ऋषिकेश पोखरेल तथा खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेत लगायत सहभागी थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]