विराटनगर, चैत १९ गते । विश्व अटिजम दिवसको अवसरमा अनमोल स्पेशल एजुकेशन सेन्टरले विराटनगरमा जनचेतना मुल ¥याली प्रदर्शन गरका छन्।
विराटनगर स्थित ट्राफिक चोकदेखि ¥याली निकालेर बजारको मुख्य सडक हुँदै नगर प्रहरी कार्यालय धरान रोड शनिमन्दिर महेन्द्र चैक हुँदै पुनः ट्रफिक चौकमा कोण सभा गरको थियो ।
अटिजमबाट पिडित भएका बाल बालिकाहरुका लागि शिक्षा र उपचारको सानो प्रयासले जनचेतना ¥याली प्रदर्शन गरेको स्कुलकी अध्यक्ष अचर्ना पोखरेलले वताए ।
अटिजम अर्थात बोद्धिक अपांगता भएका विषेश बाल बालिकाहरुलाई पहिचान गरी अन्य बालबालिका सरह सक्षम बनाई विद्यालय जानसक्ने बाल बालिकाहरु निर्माण गर्ने स्कुलको उदेश्य रहेको सेन्टरको संस्थापक एवं प्रिन्सिपल संगीता नेउपानेले वताए ।
अटिजमभएका बाल बालिकाहरु एक्लै बस्नु अरुसंग कुनै सरोकारै नराख्नु, आँखा नजुधाउनु, आफ्ना र अरुको भावनाको
वारेमा ज्ञान नहुन, ठूलो हुनजेलसम्म बोली नआउनु वा भाषाको ज्ञान नहुनु, बोलेपनि रोबोटले बोलेजस्तो गरी बोल्नु र प्रश्नको असांदर्भिक उत्तर दिनु लगायतका अटिजमको लक्ष्ण हुन् ।
अनमोल स्पेशल एजुकेशन सेन्टर विराटनगरमा सुनसरी, मोरंग र झापाका ५० जना विद्याथीहरु रहेको छ । अहिले निजी स्तरमा सेन्टर चलि रहको छ । बौद्धिक अपांगता भएको वालबालिकाहरुको रेखदेख गर्नु सरकारको सेमत दायित्व रहकोले विराटनगर महानगरपालिका संग समेत कुरा भई रहेको छ । सरकारले सहयोग गरेमा निशुल्क शिक्षा र थेरापी उपचार समेत हुने नेउपानेले वताईन ।
नेपालमा तीन लाख व्यक्तिमा अटिजम भएको हुन सक्ने अटिजम केयर नेपाल सोसाइटीको अनुमान छ । यद्यपी यसको यकिन तथ्याङ्क सरकारसँग पनि छैन । प्रत्येक ६८ बालबालिकामध्ये एक जनामा देखिने गरेको अटिजम बालिकामा भन्दा बालकमा पाँच गुणाले बढी पाइएको सोसाइटीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]