विराटनगर, वैशाख ४ गते । विराटनगर महानगरपालिकाले बैशाख १ गते देखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र विक्री वितरण गर्ने रोक लगाएको निर्णयलाई सुर्ती जन्य पदार्थ वेच्ने धरै व्यवसायीले स्वागत गरेता पनि केही व्यवसायीहरुले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगलाई नै बन्द गराउन सुझाव दिएका छन् ।
विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख सरोज गौतम सहितको अनुगमन टोलीले देवकोटा चौक देखि उत्तर मालपोत कार्यलय जाने र नेपाल टेलीकम जाने वाटोको दुवै छेउहरुमा रहको पसलहरुको अनुगमन गरी सचेत गराउने क्रममा व्यवसायीहरुले सो सुझाव दिएका हुन ।
महानगरले सञ्चार माध्यममा सूचना प्रकाशन गर्नुको साथै माइकिङ गरेर सुर्तीजन्य पदार्थ सार्वजनिक स्थलमा सेवन र विक्री वितरण बन्द गर्न भन्दै आएको छ भने पसल पसलमा पुगरे महानगरको अनुगम टोलीले अनुगमन गर्दै सचेत गराउँदै आएको छ ।
अनुगमनको क्रममा एक महिलाले भने पसलमा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्नेकाम स्वागत योग्य रहेको छ । सुर्तीजन्य पदार्थमात्र नभई जाँड रक्सी समेत बन्द गर्नु पर्छ । जाँड रक्सीका कारण आज म एकलो जीवन विताउन वाध्य भएकी वताइन ।
दर्जनौ पसल अनुगम गर्दा धेरैले सुर्तीजन्य पदार्थ विक्री वितरण बन्द गर्ने निर्णय सकारात्मक भएको र केही पसलेहरुले उद्योग नै बन्द गराउन सुझाव दिएको छ । यी सुझावहरुलाई पनि सकारात्म रुपमा लिएको गौतमले वताए ।
सुर्तीजन्य पदार्थ सार्वजनिक स्थलमा सेवन गर्न र विक्री वितरण गर्न निषेशत गरिएको निर्णयलाई पालन भएको नभएको अनुगमनको पहिलो चरणमा पसलेहरुलाई संचेत गराउने, सुर्ती जन्य पदार्थ जफत गर्ने कार्य भई रहको छ । दोस्रो चरणमा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्ने पसलेहरुलाई महानगरले जरीवाना गर्ने तयारी समेत गरको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]