विराटनगर, बैशाख १७ गते । सहकारी तथा गरिबी निवारण सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कापाेमिस) तालिम शुरू भएकाे छ ।
तीन दिन सम्म संचालन हुने तालिमको व्यानर पढेर कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका आर्थिक विकास समिति संयाेजक तथा वडा नं. १९ का अध्यक्ष श्याम घिमिरेले समुद्घघाटन गरेका थिए ।
घिमिरेले भने कृयाशील सहकारी संस्थाहरूकाे नियमन, प्रशिक्षण र प्रवर्द्धन स्थानीय तहले गर्ने भएकाेले सहकारीहरू स्थानीय तहमा सुचीकृत भइ संचालन गर्न र डाटाहरू अनलाइन राख्नुपर्ने सहकारी विभाग र काेपाेमिस समाविष्ट गर्नुपर्ने आवश्यकतालाई महसुस गरि महानगरले याे तालिम संचालन गरेकाे हाे यसवाट सहकारी संचालनमा सहयाेग पुग्ने वताए ।
उक्त तालिममा महानगरपालिका क्षेत्र भित्रका ५० वटा सहकारी संस्थाकाे प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे छ ।
तालिमकाे सहजीकरण मनाेज कार्कीले गर्नु भएकाे छ ।
बैशाख १७ देखि १९ सम्म संचालन हुने तालिमको समुद्घाटन सत्रकाे समापन महानगर आर्थिक विकास महाशाखा प्रमुख एवम् कार्यक्रमकाे अध्यक्ष दिपक पाैडेलले गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]