विराटनगर, जेठ १ गते । नक्कली भूटानी शरणार्थी काण्डको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दै भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था विराटनगरले जिल्ला प्रशासन कार्यालय मोरंग अगाडी आधा घण्डा धर्ना दिई ज्ञापन पत्र बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकार मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरवार काठमाडौंलाई पठाएको ज्ञापनपात्रमा भनिएको छ प्रचण्ड गर्मीसँगै लामो खडेरीबाट देश आक्रान्त भैरहेको बेलामा नक्कली भुटानी शरणार्थी काण्डले देशलाई थप पीडा दिइरहेको छ । नक्कली भुटानी शरणार्थी काण्ड नेपाली नागरिकलाई गैर नागरिक बनाएर विदेश पठाइदिने प्रलोभन दिदै उनीहरूबाट लाखौ रुपैयाँ असुल गरेको अबको काण्ड हो । देशकै नेतृत्व गर्ने नीति निर्माण तहमा बसेकाहरूले पद र शक्तिको दुरूपयोग गर्दै गरेको राष्ट्रघाती काण्ड हो । यो काण्डलाई कीर्ते, जालसाजी, संगठित ठगी या अन्य यस्तै अपराधका रूपमा मात्र लिन मिल्दैन । यस्तो घृणित कार्य भनेको राष्ट्रघाती, देशद्रोही कार्य हो । त्यसैले यसको निस्पक्ष रूपमा छानविन गरी दोषीहरूलाई हदैसम्मको कार्वाही गर्नु पर्दछ भन्ने माग भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था, मोरङ जोडदार रूपमा राख्दछ ।


अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ध्यानाकर्षण भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा हामी सबै नेपालीको शिर नित्याउने यस्तो जघन्य अपराधको पूर्ण रूपमा निस्पक्ष छानविन गरी दोषीहरूलाई हदैसम्मको सजाय हुनु पर्दछ भन्ने हाम्रो भाग हो। यो घटनाले सिंगो नेपाली समाजलाई तताएको छ । यस्तो जघन्य अपराधमा संलग्नहरूलाई जोगाउनेतिर यदि कोही लाग्दछ भने त्यस्तालाई पनि कानूनी कार्बाहीको दायरामा ल्याउनु पर्दछ । नागरिक निगरानी संस्थाने उक्त घटनालाई निरन्तर रूपमा नियालिरहेको छ । हालसम्मको प्रहरी अनुसन्धानको कार्यले आम जनतामा नयाँ आशाको सञ्चार गराएको छ। तर पकाउ पूर्जी जारी गरेका पूर्वमन्त्री टोपबहादुर रायमाझी जस्ता व्यक्ति पक्राउ पर्न नसक्नुले प्रहरी अनुसन्धान प्रक्रियामा कमजोरी देखापरेको थियो । तर उक्त आशंका भने अब हटेको छ ।
सो घटनालाई लिएर अहिले काठमाडौंको समाज तात्तिएको छ । यही खालको जनलहर काठमाडौबाहिर पनि सिर्जना गर्न आवश्यक छ । कुनै राजनीतिक दल, नातागोता या अन्य कुनै प्रकारको दबाब, प्रभावमा नपरी सरकारले सो घटनाको निस्पक्ष रूपमा अनुसन्धान गर्ने वातावरण बनाओस् ।
सो ज्ञापनपत्रलाई तुरुन्त पठाउने सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]