विराटनगर, जेठ ८ गते । आर्थिक वर्ष २०७९–८० मा कोशी प्रदेशको प्रतिव्यक्ति उत्पादन १२९९ डलर हुने अनुमान गरिएको छ ।
प्रदेशिक राष्ट्रिय लेखा अनुमान आर्थिक वर्ष २०७९–८० को प्रादेशिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयलका तथ्यांक अधिकृत अवधेश कुमार शुक्लालेसो आनुमानको तथ्यांक सार्वजनिक गरेको हो ।
त्यसैगरी कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. ८ खर्व ४९ अर्व हुने अनुमान छ भने गत आ.व.को संशोधित अनुमान करिव रु. ७ खर्व ८० अर्व रहेको छ । कोशी प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ % योगदान पुर्याउने अनुमान छ ।
गत आ.व. मा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.४७ % थियो भने यस आ.व.मा संकुचन आई २.०% मात्र कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३३.२ % कृषि क्षेत्रको (यहाँ कृषि क्षेत्र भन्नाले कृषि, वन तथा मत्स्यपालन समेतलाई जनाउँछ) रहनेछ भने सबैभन्दा कम योगदान ०.३ ८ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने तथ्यांक सार्वजनिक गरेका थिए ।
अर्थतन्त्रका विविध पक्षहरूलाई मापन गरी आर्थिक नीति निर्माण गर्न तथा आर्थिक विकासका गतिविधिहरूको अनुगमन तथा मूल्यांकन गर्नका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयले नियमित रुपमा राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादन लगायत समष्टिगत आर्थिक सूचकहरू तथा त्यससँग सम्बन्धित तथ्याङ्कहरू सार्वजनिक गर्दै आएको छ । सो कार्यक्रमा सातवटै प्रदेशको तथ्यांक सार्वजनिक गरका थिए ।
सो कार्यक्रम कोशी प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष डिल्लीराम उप्रेतीको प्रमुख आतिथ्य र राष्ट्रिय तथ्यांक कार्यालयको उप प्रमुख डा. हेमराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]