विराटनगर, जेठ १७ गते । कोशी प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिकाले अत्याधिक गर्मी बढेको भन्दै महानगर क्षेत्रभित्र सामुदायिक तथा नीजी शैक्षिक संंस्थालाई दुई दिन विदा दिने निर्णय गरेको छ ।
केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले बिहीबार र शुक्रबार विदा दिने निर्णय गरेको हो ।
नगर शिक्षा समितिको निर्णय अनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे विदाबाट कट्टा हुनेगरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा नीजी विद्यालयहरु विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । पूर्वनिर्धारित परीक्षाहरु भने यथावत रुपमा सञ्चालन हुनेछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]