विराटनगर, जेठ १९ गते । मोरंगको रंगेली नगरपालिका वडा नं. १ वविया टोलमा वित्तिय साक्षरता र सचेतनाको लागि शान्तिपूर्ण र्याली प्रदर्शन गरका छन् ।
लघुवित्त संरक्षण तथा प्रवद्र्धन समिति, रंगेली नगरपालिका मोरंग, कोशी प्रदेशको आयोजनामा वित्तिय संस्थामा सदस्य भई समूहमा ऋणी लिएका महिलाहरुले लघुवित्त हाम्रो घर हो, घर भाड्न पाईदैन’ र लघुवित्त हाम्रो हो, गरीबको लागि राम्रो हो’ लगायतका नाराहरु लेखेको प्ले कार्ड वोकर इलाका प्रहरी कार्यालय ववियावाट नारा लगाउदै गाउँ परिक्रमा गरी वविया चौकमा कोण सभा गरेको हो ।
उक्त र्यालीमा उपस्थित महिलाहरुले वित्तिय संस्थामा हाम्रै वचत हो र हामी नै ऋणी भएकोले आफूले खाएको ऋीण तिर्न हाम्रो दायित्व हो भन्दै समाजमा साक्षरता र सचेतना गराउन र्यालीको आयोजना गरिएको सहभागी एक महिलाले वताए ।
‘बाचौ, बचाऔ र अघिवढऔं’ ‘लघुवित्तीय संस्थाको ज्यादती विरुद्ध एक हौं’ नाराका साथ वित्तीय संस्थाका सदस्य ऋणीहरुको समस्या नै समस्या भएकोले पीडितहरू माथिको ज्यादती बन्द गर्नु पर्ने, लघुवित्तको ऋण मिनाहा, बिना ब्याजको ऋण सरकारले दिनु पर्ने, यस किसिमका वित्तिय संस्थाहरू खारेज गर्नु पर्ने, आवश्यकता र क्षमताको आधारमा ऋण दिनु पर्ने भन्दै पीडितहरू एकजुट भएर केही महिना देखि आन्दोलन गर्दै आएको छ जसका कारण लघुवित्तको ५० प्रतिशत सदस्यले अहिले ऋण बुझाएका छैन ।
जसका कारण वित्तिय संस्था अहिले जोखिममा रहेको वेला वित्तिय संस्थाको सदस्य ऋणीहरुले नै वित्तिय संस्थाको सदस्यहरुमा साक्षरता र सचेतना फैलाउन र्यालीको आयोजना गरिएको आयोजक समितिका एक दस्यले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]