पर्सा, जेठ २१ गते । कानू समाज पर्साकोनवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन कार्यक्रमका प्रमुख अतिथी कानु समाज नेपालका केन्द्रिय अध्यक्ष किशोरी प्रसाद कानुले सम्वोधन गर्दै भने कानु समाजलाई अगाडी बढाएर लाने भए आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको वताएका छन् ।
सो कुरा शनिवार भएको नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा पदाधिकारीहरुलाई फुलमाला लगाई गम्छा ओढाएर बधाई तथा शुभकामना दिने क्रममा वताएका हुन् ।
सो कार्यक्रमा लक्ष्मण साह कानुको अध्यक्षतामा कार्यसमिति गठन भएका छन् । जसमाकानु उपाध्यक्ष सोनालाल गुप्ता, सचिव श्रवण प्रसाद साह, सह सचिव सुरेन्द्र साह कानु, कोषाध्यक्ष ओम प्रकाश साह रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा रुपनारायण साह, राजेन्द्र साह, दयानन्द कुमार साह, राजन साह सहितका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत प्रमेन्द्र प्रसादले प्रमाणत्रपत्र प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा विष्ट अतिथि कानु समाज नेपालका पुर्व केन्द्रिय अध्यक्ष हरिहर साह कानु, अतिथि छिपहरमाई गाउँपालिका का अध्यक्ष मनोज गुप्ता, निवर्तमान जिल्ला अध्यक्ष रामबाबु साह, योगेन्द्र प्रसाद कानु लगायतका सहभागीता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कानु समाज नेपाल पोखरिया नगर समितिका अध्यक्ष रामदयाल प्रसाद साह कानुले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण मनोहर साहले गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]