विराटनगर, अषाढ ४ गते । कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई १ लाख रुपैयाँ राहत दिने तथा नामकरणको विपक्षमा आन्दोलरत पक्षसँग वार्ता गर्न गठित समितिको प्रशासनिक र व्यवस्थापकीय खर्च समेत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
त्यसैगरी प्रदेश सरकारले वाढी पहिरोमा घाइते भएकाको उचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ उपचार खर्च दिने निर्णय पनि गरेको छ ।
शनिबार राति कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर र संखुवासभामा आएको बाढी र पहिरोका कारण ८ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन । २८ जना बेपत्ता भएका छन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]