विराटनगर, अषाढ ६ गते । मोरंगको कटहरी गाउँपालिकाका अध्यक्ष देवरमज चौधरी विरुद्ध लगायत ३ बुद्धे माग राखेर भोली देखि सोही गाउँपालिका वडा नं. ३ का जदुलाल कामत र सदस्यहरुले आमरण अनशन बस्ने घोषणा गरका छन् ।
नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी कटहरी गाउँपालका अध्यक्ष चौधरीले गाउँपालिकाको लेटर प्याडलाई दुरुपयोग गरी कटहरीका यूवाहरु माथि मुद्दा चलाएको ती मध्ये १ जना प्रहरी हिरासतमा रहको र अन्य फरार रहेको भन्दै ती यूवाहरुको मुद्दा निर्शत फिर्ता गर्नुपर्ने र पक्राउ परेकोलाई रिहा गर्नु पर्ने माग राख्दै आमरण अनशनमा बस्न लागेको वडा अध्यक्ष कामतले वताए ।
अध्यक्ष चौधरीले हुलाकी सडक अवरोध गर्ने क्रममा मलाई अवशब्द प्रयोग गरको भन्दै जिल्ला प्रहरी कार्यालय मोरंगमा स्थानीय राजेश कामत, शंकर पासवान, राजा कामत, महेश कामत र विकेश मण्डल कारवाही गरी पाउन उजुरी दिए पछि प्रहरीले राजेश कामतलाई पक्राउ गरेका छन् भने अन्य फरार रहका छन् ।
तीनीहरुको विरुद्धमा दर्ता गराएको मुद्दा अध्यक्ष चौधरीले फिर्ता लिई निशर्त रिहा गर्न, हुलाकी राजमार्ग चाँडो भन्दा चाँडो निर्माण गर्न र मृतक परिवारलाई क्षति पुर्ति दिलाउन वडा अध्यक्ष कामत सहित सदस्य शुलेखा मण्डल, बुधनी देवी पासवान लागय आमरण अनशन बस्ने भएका छन् ।
हुलाकी राजमार्गको निर्माण कार्यमा ठेक्केदार र पेठी ठेक्केदारले काम ढिला सुस्ती गरेको काम छाडेर ठेक्केदार भागेको कारण सडकको दुराअवस्था रहको कारण सवारी दुर्घटनामा परी कटहरी गाउँपालिका दुई जनाको मृत्यु भएको भन्दै मृतक परिवारलाई क्षतिपुर्ति र हुलाकी सडक चाडो निर्माण कार्य सम्पन्न गर्नुपर्ने भन्दै कटहरीका यूवाहरुले कटहरी गाउँपालका अध्यक्ष चौधरीलाई भेट्न जाँदा भेट नदिएको अझ अध्यक्षले अपशब्द प्रयोग गरेकोले यूवाहरु वाध्यभई हुलाकी राजमार्ग अवरोध गरको र अध्यक्ष विरुद्ध यूवाहरुले अपशब्द प्रयोग गरेको भन्दै विषयलाई लिएर अध्यक्ष र वडाअध्यक्ष वीच तनाव बढेको छ ।
विहीवार भएको सडक अवरोध र विरोध प्रदर्शनका क्रममा प्रहरी र स्थानीय विच झडप समेत भएको थियो । हुलाकी राजमार्ग निर्माण गर्ने ठेक्केदाहरुले निर्माण कार्य ढिला सुस्तु गरको, कम असल सामग्री प्रयोग गरेकोमा गाउँपालिका अध्यक्ष समेत मुख दर्शक भई रहेको र ठेक्केदारलाई कुनै कारवाही नगरेको भन्दै कटहरी गाउँपालका अध्यक्ष देवराज चौधरीलाई अपशब्द प्रयोग गरी विरोध जनाएका थिए ।
सडकको दुवै पट्टी खनेर अलपत्र पारेपछि विराटनगर देखि रतुवामाई सम्मको सडक गर्मी हुँदा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुँदा सर्वसाधारन जनता सास्ती भोग्न बाध्य भएपछि यूवाहरु विरोध प्रदर्शनमा उत्रेका हुन् । त्यसैगरी सो सडक खण्डमा सडक दुर्घटनामा परी दुई जनाले ज्यान गुमाई सकेको छ भने दर्जनौ घाईते भएका छन् ।
हुलाकी सडक विराटनगर महानगरपालका देखि रतुवामाई नगरपालका सम्मको निर्माण कार्यमा ढिला सुस्ती र लापार्वाहिका कारण सडक क्षेत्रमा बसोवास गर्ने आम जनता र सडकमा अगामन गर्ने जनतामा धुलोले स्वास्थ्यमा असर पार्ने र पानी परेपछि हिलोमा दुर्घटना जोखिम वढ्ने भन्दै तत्काल काम सुचारु गर्न प्रदर्शन कारी यूवाहरुको मुख्य माग रहको छ ।
तीन वर्ष अघि हुलाकी राजमार्गको विराटनगर देखि रतुवामाई सम्मको सडक खण्डमा काम शुरु गरको ठेक्केदार कम्पनी र पेटी ठेक्केदार काममा ढिला सुस्ती गर्ने वेला वेलामा काम छोडेर वेपत्ता हुने कारणले सो राजमार्ग अहिले अलपत्रमा परेको छ ।
सम्पर्कविहीन बनेका ठेकेदारहरुलाई कारवाहीको माग गर्दे कटहरीमा सडक अवरोध गरी विरोध गर्दै आएका यूवामाथि प्रहरीले गरको अनावश्यक हातपात गरेकोमा आन्दोलन कारी यूवा अवधेश झाले आक्रोश व्यक्त गरको थिए ।
यसअघि हुलाकी राजमार्गमा पर्ने क्षेत्रका संघिय र प्रदेश सांसद, नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्ष लगायत जनताका जनप्रतिनीधिहरुले हुलाकी राजमार्गको काम तत्काल सुचारु गर्न बैशाख २१ गते पत्रकार सम्मेलन गरी एक हप्ताको अल्टीमेटम दिदै सो अवधीमा काम सुचारु नगरे सडक अवरोध गरी जनताको साथ लिएर आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । सो चेतावनी पछि कामलाई तिव्रता दिएको थियो । तर पुनः ठेक्केदारले लापार्वाही गरेपछि स्थानीय यूवाहरुले आन्दोलन थालेका हुन् ।
सडकछेउका बासिन्दाहरुको घरमा बस्ने अवस्था छैन, अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ । सरकारले बाटो निर्माणको काममा अबपनि ढिला सुस्ती ग¥यो भने सडकमै सुतने स्थानीयहरुले जानएको छ । बाटोको विषयलाई लिएर विरोध जनाउनदा प्रहरीले स्थानीय बिच केही समय झडप समेत भएको थियो । बाटोमा थुपारेर राखेका निर्माण सामग्रीले उक्त सडक खण्डमा दैनिक दुर्घटनाको जोखिम समेत बढेको स्थानीयको भनाई छ ।
ठेकदार र पेटी ठेक्केदाहरूले सडक निर्माणमा लापरबाही गर्दा विराटनगर देखि रतुवामाई खण्डको सडकमा यात्रा गर्न नसकिने अवस्था आएको छ । यति मात्रै हैन अत्यधिक धुलोका कारण सडक आसपासका बस्तीहरू नै उठीबास लाग्ने अवस्थामा पुगेको छ । विराटनगर देखि करीव २५ किलोमिट ‘सडकमा हिँड्न सक्ने र घरमा बस्न सक्ने अवस्था छैन ।’
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]