विराटनगर, अषाढ १६ गते । मानव सेवा आश्रम विराटनगर–१० मा बसि रहेका वेसहारा, सहयोगापेक्षी, सडक आश्रित महिला, बालिका, वृद्धहरुलाई कटहरी गाउँपालिका वडा नं. २ कदम टोलीमा रहको ब्रह्म कुमारी राजयोग उपशाखाले भोजना गरकाएका छन् ।
कदमटोली उपशाखाकी संचालिका मिना दिदीको नेतृत्वमा आएको ब्रह्म कुमारी राजयोगका टालीले ७५ जनालाई दलभात, हरियो सब्जी, दही, मिठाई लगायतको ब्रम्हा भोजन गराएको हो ।

सोही अवसरमा ब्रह्म कुमारी राजयोग कोशी प्रदेशी संचालिका गिता दिदीले मानवको सहयोगी भावनाले नै मानव सेवा आश्रम चलाएको छ । मानव सेवा आश्रममा रहेका वेसहारा, सहयोगापेक्षी, सडक वालिका लगायत आश्रय लिएका छन् । जसमा अधिकांशको मानसिक अवस्था ठिक छैन । तीनीहरुलाई सेवा गर्नु नै ठूलो धर्मभएको वताए । मान्छेसंग धन दौलत भन्दा पनि शान्ति, शतइच्छा, शदाचार, शतज्ञान हुन् आवश्यक रहको गिता दिदीको भनाई थियो ।


उक्त अवसरमा ब्रह्म कुमार तुलसी भाइजी, अजय भाईजी, अभिभावक अनुपम भाईजी, संतोषी दिदी, नागेन्द्र भाईजी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । भोजनको सम्पूण व्यवस्था ब्रह्मकुमारी राजयोग उपशाखा कदमटोलीको सहयोगमा भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]