बिराटनगर, अषाढ २९ गते । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका सचिव सुरेश राउतले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमण तथा अवलोकन गर्नु भएको छ ।
सचिव राउतले कार्यालय तथा बिभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै प्रदेश प्रहरी कार्यालयको प्रस्तुतिकाण समेत अवलोकन गरेको हो । साथै सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएको थियो ।
प्रहरी संगठनको हित र सुधारको लागि प्राप्त हुने सुझावलाई आफुले गम्भीरतापूर्वक लिई कार्यान्वयनको लागि प्रयास गर्ने बताउँदै संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू प्रतिवद्ध र लगनशील भई लागि पर्न निर्देशन दिएका थिए ।
विपद्को घटना देखि लिएर समाजमा हुने विभिन्न क्रियाकलाप तथा अपराधिक गतिबिधि नियन्त्रणमा नेपाल प्रहरीले पहिलो पंक्तिमा रही महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको भन्दै प्रहरीलाई आवश्यक बिपद उद्दारका सामग्री समेत उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रदेश प्रहरी प्रमुख बास्तोलाले सचिव राउतलाई स्वागत गर्नुका साथै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । सोही क्रममा सचिव राउतले कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको समेत निरीक्षण भ्रमण गर्नुका साथै तलिमकेन्द्रद्वारा तयार पारिएको संक्षिप्त प्रस्तुतिकरणको समेत अवलोकन गर्नु भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]