विराटनगर । झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको करीव साँवा करोड बरावरको अवैध सामग्री बरामद गरेको छ ।
शुक्रवार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ना.६ख ४९०२ नम्वरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा टेलेफोन नाम लेखिएको भाडा माझ्ने साबुन २५ काटुन, कोको जेल नाम लेखिएको हुक्काको कोईला ६० काटुन, अफजल एथोनेटिक प्mलाउरेड मोलासेस नाम लेखिएको हुक्काको फ्लेवर ८० काटुन र काँचको झ्याली÷झ्याम्टा २ हजार ४ सय ६५ किलोग्राम सहित अवैध सामग्री बरामद गरेको थियो ।
ट्रक सहित बरामद भएको करिव १ करोड २६ लाख २७ हजार ५ सय मुल्य बरावरको अवैध भन्सार छलीका सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यलय ईटहरी सुनसरी बुझाईएको छ ।
अवैध सामग्री ओसार पसारमा संलग्न रहेका ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास तथा अन्य अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]