संजय राजबंशी
विराटनगर, भाद्र १ गते । कटहरी गाउँपालिकाको अध्यक्ष देवराज चौधरीले एमपायर बिकी रायको हाथमा फुलबल हस्तान्तरण गरि दोस्रो वडा अध्यक्ष कप खुल्ला नक आउट फुटबल प्रतियोगिताको समुद्घाटन गरेको छ ।
प्रतियोगिताको पहिलो दिन विराटनगर–१९ र लालिगुँरास फुटबल कल्व मिल्स एरिया वीच प्रतिशपर्धा भएको थियो । विराटनगर–१९ ले लालिगुँरासलाई ५ गतेल गर्न सफल भएको थियो । त्यसैगरी लालीगुँरासले २ गोल फर्काएका थिए । ३ गोलको फराकिलो अन्तरले लालिगुराँस फुटबल कल्व मिल्स एरियालाई पराजित गर्दै विजय हासिल गरेका थिए । विराटनगर–१९ टिमका खेलाडी मिलन रायलाई मेन अफ द म्याच घोषणा गरेका थिए ।

उक्त कार्यक्रममा कटहरी गाउँपालिका पुर्व उपाध्यक्ष मन्जिता सरदार लगायत वडा ५ का स्थानीयहरुको बाक्लो उपस्थिति रहेका थिए ।
शनिवार हुने प्रतियोगितामा कटहरी राइजिङ यूवा कल्व र हाटखोला फुटबल कल्व वीच प्रतिस्पर्धा हुने वडा अध्यक्ष सम्पत लाल सरदारले जानकारी दिए ।
फाइनल खेलमा प्रथम हुने टिमलाई ५५ हजार र दोश्रो हुने टिमलाई ३५ हजार नगद राशीवाट पुरस्कृत गर्नुका खेलाडीहरुलाई सम्मान गरिनेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]