संजय राजवंशी
कटहरी, भदौ १६ गते । नेकपा माओवादी केन्द्रले आज जनतासँग माओवादीको विशेष रुपान्तरण अभियान कार्यक्रमको समुद्घाटन गरेको छ । सो अभियान ३ महिना सम्म संचालन हुने छ ।
घर–घरमा माओवादी, जन–जनमा माओवादी भन्ने उदेश्य बोकेर स्थानिय जनतासँग माओवादी विषेश रुपान्तरण अभियान कार्यक्रम सन्चालन भएको कटहरी वाड नं. ७ का सभापति बिनोद माझीले बताए ।
जनता माध्यमिक विद्यालय कटहरी वाड नं. ७ मा वृक्षारोपण, सरसफाइ तथा रामजानकी मन्दिर सरसफाइ कार्यक्रम गरिएको माझीले बताए । जनतासँ माओवादी विषेश रुपान्तरण अभियान कार्यक्रम माओवादी केन्द्र, कोशी प्रदेश सदस्य झलक भगतले ब्यानर पढेर कार्यक्रमको समुद्घाटन गरिएको थियो ।
उक्त कार्यक्रममा माओवादी केन्द्रका सुर्य मुडियारी, सुर्य राय , अमृत लाल माझी, दयाराम बिश्वस लगायत समाज सेवी , वुद्धिजिवि तथा स्थानियको उपस्थिति रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]