विराटनगर, असाेज १६ गते । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङको लेटाङका घनश्याम खतिवडा विजयी हुनु भएको छ । आज राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुशार खतिवडा ७३ मतान्तरले अध्यक्षमा विजयी हुनु भएको हो ।

खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धि विनोद प्रसाद ढकालले ४३९ मत ल्याउनुभयो । यस्तै २६ मत भने बदर भएको छ ।

खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुनुहन्थ्यो भने ढकाल केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो ।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी हुनु भएको छ । सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् ।

उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित हुनु भएको छ । खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुनुहन्थ्यो भने ढकाल केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]