विराटनगर, असोज २१ गते । भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरको प्रतिवन्धित औषधी प्रहरीले बरामद गरको छ ।
जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १३ जतुवा नहर छेउमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली झोला मा बोकी ल्याउदै गरेको औषधीहरु श्निवार बरामद गरिएको थियो ।
बरामद गरीएको औषधीहरुमा ओकेरोन ३६४ पीस, माईकोफिट २ डब्बा समेत गरी अन्दाजी ३ लाख २१ हजार ४ सय २४ बराबरको औषधी सि.आर.भी. जतुवाबाट खटिएको प्रहरी टोली देख्न साथ उक्त औषधी सोही ठाउँमा छाडी औषधी बोक्ने मान्छे फरार भएका थिए ।
बरामद भएको औषधी आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर मोरंगमा बुझाएको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]