विराटनगर, कार्तिक २ गते । ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ नाराका साथ दलित महिला संघ (फेडो) ले समाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका लागि मिडिया कर्मीहरुसँग अन्तरक्रिया गरको छ ।
नेपाल पत्रकार महासँघ मोरंगको सभा हलमा मुलुकमा देखिएको महिला माथिको विभेद त्यसमा पनि दलित महिलामाथि भएको विभेदलाई अन्त गरी कसरी दलित महिलालाई समाजिक न्याय र विकास प्रकृयामा समान सहभागीता गराउन मिडिया कर्मीहरुले दलित महिलाको समस्याहरु र राज्यले गरेको विभेदको वारेमा कलम चलाई दिन आग्रह गरेका छन् ।
अहिले दलित महिलाको लागि संविधानले गरेको व्यवस्था अनुसार सहभागिता गराएता पनि व्यवहारमा सो कुरा नदेखिएको दलित महिला उत्थानको लागि संघिय, प्रदेश र स्थानीयत तहले व्यवस्था गरेपनि त्यो बजेट अन्यले उपभोग गरको एक सहभागीले वताए ।
संघिय, प्रदेश र स्थानीयत तहले व्यवस्था गरेको बजेटमा दलित महिला मात्र कोड नगरी अन्य महिलालाई समेत समावेश गरेकाले दलित महिलाहरुको उत्थानको कार्यक्रम हुन नसकेको हो । त्यसैले दलित महिलाको मानव विकासको लागि शिक्षा, स्वास्थ्य, भौतिक निर्माण, योजना छनौट लगायतमा दलित महिलाको सहभागीता हुने पर्ने सहभागीहरुको भनाई थियो ।
अहिले मुलुकमा सबभन्दा थिचिएको दलत, त्यसपछि जनजाती, क्षेत्री रहेको छ भने सबैलाई बाहुनले थिचिएको चित्र समेत प्रोजेक्टरमा देखाएका थिए । सो कार्यक्रम दलित महिला संघ (फेडो) मोरंगका अध्यक्ष शर्मिला परियारको अध्यक्षतामा भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]