विराटनगर, कार्तिक ९ गते । थारु कल्याणकारीणी सभा (थाकस) विराटनगरले विजया दशमी, तिहार (सुखराईत) र छठ पर्वको अवसरमा थारु विद्यार्थी दौड, थारु कर्मचारी पुरस्कार तथा सम्मान कार्यक्रम २०८० गर्ने घोषणा गरेपछि सो कार्यक्रमलाई थारु कल्याण कारीणी सभा ग्रामथान गाउँपालिका समितिले बहिष्कार गर्ने निर्णय गरका छन् ।
थारु कल्याण कारीणी सभा ग्रामथान गाउँपालिका समिति सभापति प्रेमलाल माझीको अध्यक्षतामा बसेको वृहत भेलाले विराटनगर–२ तीनपैनीमा कार्तिक १८ गते हुने कार्यक्रममा सहभागीता जनाउन निमन्त्रना आएतापनि सो कार्यक्रममा सहभागी पठाउन असमर्थ रहेको र समितिको तर्फवाट कार्यक्रमलाई बहिष्कार गरेको निर्णय पारित गरेका छन् ।
समितिल विजया दशमी, तिहार (सुखराईत) र छठ पर्वको अवसरमा सम्पुर्ण थारु जतिको सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन् ।
थारु कल्याणकारी सभा मोरंग जिल्लाको १० औं महाधिवेशन गर्न पुनितलाल चौधरीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएकोमा अधिकृतले सभाको विधान २०७५ अनुसार विधानको परिच्छेद ७ को दफा ३१ मा १ सभापति समेत १५ देखि २१ सदस्य जिल्ला कार्य समिति हुनेछ भनी व्यवस्था हुँदा हुँदै पनि अध्यक्ष बाहेक निर्वाचन गर्न खोजेको भन्दै थाकस मोरंगमा विवाद हुँदै आएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]