विराटनगर, माघ ११ गते । कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन करिब ८०० मतभार बढी हुँदा हुँदै पनि महिला कोटामा नेकपा एमालेकी रुक्मिणी कोइरालाले विजय भएकी छिन् । सत्ता गठबन्धनबाट अन्य कोटामा उम्मेदवार भएका काँग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धन चुनाबी मैदानमा थिए । प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका थिए ।
एमालेकी रुक्मिणी कोइरालाले ५०८६ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादीकी कार्कीले ४९९२ मत मात्र पाइन् । उनले कोइरालाले ४९ सांसदको मत पाउँदा कार्कीले ४४ जनाको मात्रै पाइन् । यस्तै स्थानीय तहबाट कोइरालाले १३१ जनाको २ हजार ४८९ मत पाउँदा कार्कीले भने १४० जनाको २ हजार ६५० मत पाइन् ।
निर्वाचनको मतपरिणाम अनुसार सिटौलाले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई ७३० मतान्तरले पराजित प्राप्त गरेका हुन् । सिटौलाले कूल ५२९२ मतभार प्राप्त गरे भने पौडेलले ४५६२ मतभार प्राप्त गरेको छ । महिला उम्मेदवार निस्कृय बनाएको एमालेका पर्शुराम अधिकारीले १२९ मतभार प्राप्त गरेका छन् ।
सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धव पौडेलले ४७ सांसदको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि एमालेका पर्शुराम अधिकारीले १ सांसदको मत पाए । स्थानीय तहतर्फ सिटौलाले १५३ जनाको मत पाउँदा पौडेलले १०९ जनाको मात्रै मत पाएका हुन् । एमालेका पर्शुरामले ४ जनाको मत पाए भने ५ मत बदर भएको हो ।
राष्ट्रियसभामा प्रदेशसभामा ९३ र स्थानीय तहका २७४ जना मतदाता थिए । जसमध्ये सत्ता गठबन्धनका प्रदेशसभा सदस्य ४७ र एमाले गठबन्धनका ४६ थिए भने स्थानीय तहतर्फ सत्ता गठबन्धनका १५५ र एमाले गठबन्धनका ११६ मतदाता थिए । स्थानीय तहका ३ स्वतन्त्र मतदाता थिए । निर्वाचनमा धरानका मेयर हर्क साम्पाङले निर्वाचन बहिष्कार गरे भने मोरङको ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदार विरामी भएकोले मतदानमा उपस्थित हुन सकेनन् । झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले भ्रष्टाचार मुद्दाको कारण मत दिन पाएनन् ।
कोशीको ९३ जना प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद राष्ट्रियसभाको मतदाता थिए । स्थानीय तहतर्फ २७४ मतदातामध्ये काँग्रेसका ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत समाजवादीका ७, राप्रपाका ४, जसपाका ४ र स्वतन्त्र ३ मतदाता थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]