राजेश कुमार राजवंशी
विराटनगर, माघ २७ गते । विराट राजवंशी समुदायले एक भेलाको आयोजना गरी जहदा गाउँपालिका ग्रामथान संरक्षण समिति गठन गरेको छ ।
प्राय तराई मधेशमा बसोवास गर्ने समुदायहरुको प्रत्येक टोलमा एउटा ग्रामथान हुने गर्दछ । ग्रामथानले टोल समाजको संरक्षण, किसानको बालिनालीको संरक्षण गर्ने देवताको रुपमा परापूर्वकाल देखि पूजापाठ गर्दै आएको छन् ।
हरेक टोल बस्तीमा रहेको ग्रामथानमा टोलबासीको छोरा छोरीको विवाह हुँदा अनिवार्य रुपमा ग्रामथान देवताको पूजा आजा गरेपछि मात्र विवाहको अन्य विधीहरु अगाडी वढाईन्छ । त्यसैले ग्रामथानको संरक्षण गर्नुपर्ने उदेश्यका साथ विराट राजवंशी समुदायले ग्रामथान संरक्षण समिति वनाएर ग्रामथानको संरक्षण गर्ने लागि परेका छन् ।
परापुर्व काल देखि कुल देवताको रूपमा टोलबासीहरुले वर्षको एकपटक ग्रामथानलाई पुजापाठ गर्दै आएकोले ग्रामथानसंग सरोकार राख्ने आदिवासी जनजाति समुदाय संगठित भएर ग्रामथान संरक्षणको अभियान थालेका छन । ग्रामथानमा माटोको डिसको बनाएर पुजा गर्ने गरिन्छ । ग्रामथानलाई थानको स्वरुप मठ मन्दिर जस्तो दिनु हुदैन ।
सो क्रममा जहदा गाउँपालिका वडा नं. ३ बभनटोलि स्थित लक्ष्मी आधारभुत विद्यालयमा ग्रामथान संरक्षण समिति जिल्ला मोरङ अध्यक्ष चन्द्रप्रसाद राजवंशीको नेतृत्वमा भएको भेलाले सेवक नारायण राजवंशीको अध्यक्षतामा जहदा गाउँपालिका स्तरीय ग्रामथान संरक्षण समिति गठन गरेका छन् ।
उक्त तदर्थ समितिको उपाध्यक्ष तेजनारायण राजवंशी, सचीवमा राजेश मण्डल, सहसचिव प्रकाश मण्डल चयन गरिएका छन् । त्यसैगरी सदस्यहरु सुशील राजवंशी, धर्मेन्द्र राजवंशी, कृष्ण राजवंशी, श्रवण राजवंशी चयन भएका छन । समितिको सल्लाहकारमा देवराज राजवंशी, राजेश कुमार राजवंशी, बालदेव राजभर, शिव नारायण मण्डल रहेका छन् ।
सो भेलामा ग्रामथान संरक्षण समिति मोरङ उपाध्यक्ष राजकुमार राजवंशी, सोमन लाल माझी, ग्रामथान संरक्षण समिति विराटनगर महानगरपालिका अध्यक्ष तिलक राजवंशी सह–सचिव पन्नालाल राजवंशी लगायतको उपस्थिती रहको थियो ।
तदर्थ समितिको अध्यक्ष सेवक नारायण राजवंशीले सुनसरी र मोरङमा रहेको ग्रामथानहरु संरक्षणको लागि गाउँपालिका स्तरी समितिहरु बिस्तार गरी ग्रामथान संरक्षणमा सबै जातजाती भाषाभाषी लाग्नु पर्ने वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]