

विराटनगर, जेठ १४ गते । नेपाल सरकारले बकर इदको सार्वजनिक विदा दिएपछि मुस्लिम समुदायले हर्सोउल्लासका साथ आज बकर इद मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा मनाउने धार्मिक विधी रहको छ ।
मुस्लिम र्धम मान्ने मुस्लिम समुदायका मानिसहरुले विहानै पानीको मुहान नदी, ताल, कुण्ड, ट्यवेल, धारा लगायतमा स्नान गरी चोखो भई नजिकैको मस्जिद वा इदगाहामा सामुहिक भेला भई नमाज पढ्ने प्रचलन रहको छ । मुस्लिम र्धम मान्ने मुस्लिम समुदायका मानिसहरुले विहानै पानीको मुहान नदी, ताल, कुण्ड, ट्यवेल, धारा लगायतमा स्नान गरी चोखो भई नजिकैको मस्जिद वा इदगाहामा सामुहिक भेला भई नमाज पढ्ने प्रचलन रहेको छ ।नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने समेत प्रचलन रहेको छ ।
बकर इदको अवसरमा विराटनगरको मुख्य बजार गुद्रीमा रहेको महस्जितमा भीड लाग्नुका साथै आसपास लगायत देश भरमा रहेको मस्जिद र इजगाहामा भिड लाग्छ । हिजरी संवत अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम मुस्लिम समुदायका मोलानाहरु वताउँछन् ।
मुस्लिम धर्म गुरु (मौलाना) रहमत अलीले ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिइएको जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्त्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेको उनले उल्लेख छ ।
हदिस नामक धर्मग्रन्थको मुस्लिम धार्मिक विद्यालय मदरसामा अध्ययन अध्यापन हुने गरेको छ । मक्कामा जन्मिनुभएका अलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सरेको इतिहास छ । त्यही सम्झनामा हाल पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ ।
निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका बताइन्छ । अल्लाहले सन्तान सुख दिए कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धताअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका मुस्लिम धर्मावलम्बीको विश्वास छ ।
उनले धेरै जनावर कुर्बानी गर्दा पनि अल्लाह खुसी नभएपछि अन्तिममा आफ्ना सबैभन्दा प्यारा सन्तानलाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका किंवदन्ती छ । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको बताइन्छ ।
परम्पराअनुसार कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]