विराटनगर, जेठ १८ गते । पत्रकारितामा आवद्ध महिला, अपांगता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा वर्गसँग कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र पत्रकार आचारसंहिता विषयक दुईदिने अन्तरक्रिया कार्यक्रम विराटनगरमा सुरु भएको छ ।
उद्घाटनका क्रममा मन्त्री पराजुलीले सरकारले गरेको सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय अलोकतान्त्रिक तथा विभेदकारी भएको टिप्पणी गर्दै कोशी प्रदेश सरकारले पत्रकारहरूको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले सरकारी विज्ञापन सम्बन्धी निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णयविरुद्ध महासंघ आन्दोलनरत रहेको जानकारी दिए ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सञ्चारमाध्यमहरू आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा सरकारी निर्णयले थप समस्या सिर्जना गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरे ।
अन्तरक्रिया कार्यक्रममा मधेशी पत्रकार समाजका अध्यक्ष श्याम सुन्दर सुतिहार, प्रेस सेन्टर नेपालका अध्यक्ष नविन कर्ण, सञ्चारिका समूहकी अध्यक्ष जुनु भट्टराई तथा नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा पत्रकारिता क्षेत्रमा महिला, अपांगता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा वर्गले भोगिरहेका समस्या, अवसर र पत्रकार आचारसंहिताका विषयमा छलफल भइरहेको छ । कार्यक्रममा पत्रकारिता विषयका विज्ञ यज्ञप्रसाद शर्माले सहजीकरण गरिरहेका छन् ।
संगालो खबर मिडिया प्रालिको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोगमा आयोजित कार्यक्रमको अध्यक्षता प्रालिका अध्यक्ष रविन कट्टेलको अध्यक्षता भई रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]