संजय राजवंशी

कटहरी, फागुन ११ गते । दादुरा रुबेला खाेप अभियान २०८०-८१ लाई सम्पन्न गर्न माेरङकाे कटहरी गाउँपालिकाले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेका छन् ।
कटहरी गाउँपालिकाकाे स्वास्थ्य शाखा भवनको हलमा आयाेजना गरीएकाे अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिका उपाध्यक्ष सीता देवी राजवंशीले खाेपलाई जनता माझ प्रभावकारी रूपमा पुर्‍याउन सबै वर्गले समन्वय भुमिका खेल्नु पर्ने बताउदै दलित पिछडिएका वर्ग लगायतका क्षेत्रमा यसकाे प्रभावकारी प्रचारप्रसार गर्नुपर्ने बताए ।
राष्ट्रिय खाेप कार्यक्रम अन्तरगत उक्त दादुरा रुबेला खाेप अभियानकाे कार्यक्रममा विश्व स्वास्थ संगठन विराटनगरका सहज कर्ता अर्पन डिसिले भने नेपाल भर ७२ जिल्लाका ७३३ स्थानीय तहमा पुर्ण खाेप घाेषणा भईसकेकाे भएता पनि आर्थिक वर्ष २०७९-०८० मा १ हजार ३ सय ३९ जनामा रूवेला देखिएको बताए ।
उक्त कार्यक्रममा कटहरी वडा नम्बर १ वडा अध्यक्ष हरिनारायण राजवंशी, वडा नम्बर २ का अध्यक्ष सुरेन्द्र राजवंशी, वडा ४ का अध्यक्ष जीवन्श्वर यादव, वडा नम्बर ५ का समपत लाल सरदार लगायत वडा सदस्य तथा विभिन्न पदधिकारीकाे उपस्थिति रहेकाे थियोे ।
कार्यक्रम सम्पन्न भएको छ ।
त्यसैगरी कार्यपालिका सदस्य श्याम मण्डल, स्वास्थ्य शाखा प्रमुख शुकल प्रसाद साह लगायतको उपस्थिति रहेको थियो । काेशी प्रदेशमा रूवेला खाेप अभियान फागुन १३ गते देखि चैत ३ सम्म संचालन हुनेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]