विराटनगर, भाद्र १२ गते । प्रदेश नं. १ को मोरंग जिल्लाको बेलवारी नगरपालिकामा दुई समूह बीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका स्थानीय चन्द्र कुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राई वताए ।राईको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको छ । घटनामा घाइते भएका सइकुमार राई, समुन्द्र राई र गौरव राईको विराट मेडिकल कलेजमै उपचार भइरहेको छ ।
शुक्रबार दिउँसो स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूहले बिहीबार भएको भनाभनको निहुँमा चन्द्रकुमारमाथि आज आक्रमण गरेको प्रहरीको भनाइ छ ।
चौधरीको समूहले खुकुरी र बञ्चरो लगायतका हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको थियो । एक दिन पहिले भएको भनाभनको रिसीवीले समूह–समूह बीच फाईट हुँदा एकजनाले ज्यान गुमाएको छ । चौधरी समूहका मानिसहरुपनि घाईते भएको छन
घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएका छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]