विराटनगर, साउन ४ गते । विराटनगर महानगरपालिका वडा नं. ८ ले प्रत्येक महिनाकाे पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर शुरूगरिएकाे छ ।
चालु आर्थिक वर्ष २०८१–०८२ को कार्यक्रम अन्र्तगत हरेक महिनाको पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर विशेषज्ञबाट शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले वताए ।
विराट नर्सिङ होमसँगको सहकार्यमा वडा कार्यालयले महिनामा दुई पटक विहान ११ देखि दिउँसो २ वजे सम्म वडा कार्यालयबाट सेवा प्रवाह गरिन्छ ।
वडाध्यक्ष पोखरेलका अनुसार विहीबार पहिलो दिन ७ गर्भवती र ५ जना पाठेघर समस्या भएका गरि १२ जनाले सेवा लिएका छन् । सेवाग्राहीहरुलाई विराट नर्सिङ होमका डा. डा. भानुभक्त न्यौपानेले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा कार्यपालिका सदस्य ताराकुमारी राय, वडासदस्यहरु पवित्रा विक, मो. अब्बास, भुवन राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]