विराटनगर, बैशाख २७ गते । सहमति शिक्षा बचत तथा ऋण सहकारी संस्था लि. प्रगती विनायक टोल विराटनगर–८ ले आफ्नो सदस्यहरुलाई एक दिने धार्मिक अवलोकण भ्रमण गराएका छन् ।
सहकारीका २०८१ भाद्र १५ गते सम्पन्न १२ औं वाषर््िक साधारण सभावाट पारित संस्थाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत शेयर सदस्यहरुको लागत सहभागीताको आधारमा अवलोकन भ्रमण गराउने निर्णय भएको थियो । सोही निर्णयको आधारमा २०८२ साल बैशाख ९ गते सूचना प्रकाशन गरी २० गते सम्म नाम दर्ता गर्न अह्वान गरेको थियो ।
सूचनाका आधारमा बैशाख २० गते भित्र नाम दर्ता गराउने ४३ जना शेयर सदस्यहरुलाई बैशाख २६ गते शुक्रवार पाउ पाथिभारा चारआली झापा, इलामको पाथिभारा माता र पर्यटकीय स्थल कन्यमको भ्रमण गरको हो ।
बसमा गरिएको एक दिने भ्रमणमा शेयर सदस्यहरुलाई बस भित्रै नास्ता र नाचगानको लागि साउण्ड बक्सको व्यवस्था गर्नुका साथै दिउँसोको सादा खाना इलामको हर्कटे बजारमा व्यवस्था गरिएको थियो । सोही दिन फर्केर बाटोमा नास्ता र चिया खादै विराटनगर फिर्किएको थियो ।
सहकारीले यसअघि पहिलो एक दिने भ्रमण पाउ पाथिभारा लगायत धार्मिक पर्यटक स्थल र दोस्रो पटक ५ दिने प्युठानको स्वर्गद्धाराीको भ्रमण गरिसकेको थियो ।
दुई पटक भ्रमण गराउन सफल भएका सहकारीले तेस्रो पटकको भ्रमण पनि सफभल भएको र यस प्रकारको भ्रमण प्रत्येक वर्ष हुनुपर्ने प्रतिक्रिया शेयर सदस्यहरुले दिएका छन् ।
धार्मिक तथा पर्यटकीय भ्रमण सहमति शिक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वर्तमान कार्यसमितिको सहयोगमा र अभ्यक्ष राजेन्द्र कुमार थापाको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]