विराटनगर, भाद्र २० गते ।नेपालको तराई मधेशमा हिन्दु धर्म मान्ने प्रायःप्रत्येक टोल बस्तीमा धार्मिक स्थलको रूपमा ग्रामथान रहेको पाइन्छ । ‘ग्रामथान’ दुईवटा शब्दमिलेर बनेको छ । जसमा ‘ग्राम’ भन्नाले मध्यम आकारको सानो मानव बस्तीलाई बुझाउँछ । जहाँ कृषिकर्म गर्ने मानिसको अध्यधिक बसोबास हुन्छ ।
एउटा गाउँपालिका भित्र विभिन्न ग्रामहरू हुन्छन् । खास गरी ग्रामहरूमा एउटै समुदायको मानिसहरूको बसोबास हुन्छ । ग्राममा सीमित संख्यामा मानिसको बसोबास हुन्छ । ग्राममा कृषि र प्राकृतिक स्रोतमा जीवन निर्वाह गरिरहेका सामाजिक सद्भाव र सामूहिक जीवन शैली, सीमित पूर्वाधार र सेवा सुविधा हुन्छन् ।

त्यसैगरी थान भन्नाले टोल बस्तीमा रहेको विशेष स्थानलाई बुझ्नुपर्दछ । जुन कि धार्मिक सांस्कृतिक रूपमा महत्वपूर्ण हुन्छन् । हिन्दु धर्मावलम्बीहरूले थान शब्द धार्मिक स्थलहरू, देवस्थानहरू, प्राकृतिक रूपमा पूजापाठ गर्ने स्थानहरूलाई बुझाउन प्रयोग गरेको पाइन्छ । जस्तै ग्रामथान, कालीथान दुर्गाथान, नागथान इत्यादि ।

ग्रामथान तराई मधेशमाबसोबास गर्ने प्रायः हिन्दु धर्म मान्ने सबै जातजातिको सांस्कृतिक र धार्मिक जीवनमा महत्वपूर्ण स्थान राख्ने एक पवित्र स्थल हो । यो स्थानमा टोल बस्तीमा बसोबास गर्ने हिन्दु धर्म मान्ने सबै जातजाति समुदायले परम्परागत रूपमा ग्रामथानको स्थापना गरेको पाइन्छ । यस्ता थानहरू प्रायः ऐलानी जग्गामा रहेको पाइन्छ । तर कही–कही नम्बरी (निजी) जग्गामा समेत रहेको पाइन्छ ।

सुरुवातको समयमा माटोको ढिस्को बनाई त्यसैलाई ग्रामथान भनेर पूजापाट गर्ने गरेको पाइन्छ । ग्रामथान सम्म जानसमेत बाटोको अभावभई बारी वा खेतको बीचबाट जानुपर्ने हुन्थ्यो भनी बुढापाका वताउँछन् । समयको परिवर्तसँग ग्रामथानहरूमा बाँस वा काठका खम्बा, बाँसको टाटी (घेराबेरा) गरी परालको छानो मुनि ग्रामथानको स्थापना गरिन्थ्यो । पछिल्लो समयमा, स्थानीय सरोकार वालाहरूको सहयोगमा पक्की संरचनानिर्माण गर्ने प्रचलन बढेको छ ।

मधेशी समुदायमा जन्म, विवाहदेखि मृत्युसम्मका संस्कारहरू ग्रामथानसँग सम्बन्धित हुन्छन् । यस कुराले ग्रामथानको सांस्कृतिकमहत्वलाई झल्काउँछ । ग्रामथानमा गरिने पूजापाठ मधेशी समुदायको परम्परा, स्थानीय मान्यता, र धार्मिक आस्थामा आधारित हुन्छ । ग्रामथानलाई गाउँको रक्षक र देवी–देवताको बासस्थान मानिन्छ ।
क.ग्रामथानको विशेषताहरूः
ग्रामथान गाउँ बस्तीमा हुने भएकाले आधुनिक सुविधा तिनमा नहुन सक्छ । परम्परागत रूपको पूजा भएकाले परम्परागतरूपमा ग्रामीण क्षेत्रमा जेजस्तो सुविधा हुने हो सोही किसिमको विषेशता यसको पनिरहनु स्वाभाविकै हो ।
ग्रामथानकाविशेषताहरुलाई निमनुसार उल्लेख गर्न सकिन्छ ।
– टोल बस्तीभन्दा पर खेत वा बारिमा राखिने ।
– जाने बाटोको व्यवस्थित हुँदैन ।
– पिउने पानीको व्यवस्था हुँदैन ।
– ग्रामथान क्षेत्रमा रुख, वन, विरुवाहरू हुने ।
– ग्रामथानको विकास, संरक्षण र सम्बद्र्धनको उचित व्यवस्थाको अभाव ।
– गाउँको झाक्री (धामी) द्वारा पूजा गराउने परम्परा ।
– पशुवलि दिने र वैष्णवी दुई पकारको पूजाहुने ।
– पूजा सकेपछि प्रसाद टोल बस्तीमावितरण गरिने ।
– कागज र ठठेलको घोडा, छतरीअनिवार्य चढाइने ।
– नयाँ बस्ती नयाँ ग्रामथानको अवधारणा ।
– ग्रामथान भएको स्थानमा मेला लगाइने
ख. ग्रामथानमा गरिने पूजाहरू
ग्रामथानमा स्थानीय टोल बस्तीको सहयोगमा (स्थानीय भाषामा बेहरी) लगाई वर्षमा एक पटक पुजारीको माध्यमबाट पूजा गरिन्छ । सोही पूजा मार्फत गाउँका मानिसहरूले खेतीमा लगाएको बालिनाली राम्रो होस र त्यस गाउँमा कुनै संकट नआओस् भनी ग्रामथानसँग आशिर्वाद मागिन्छ । ग्रामथानमा सर्पदंश र अन्य रोगव्याधीलाई निर्मूल पार्न पूजा गर्ने प्रचलन छ । गाउँ वस्तीमा कसैको छोरा वा छोरीको विवाह भएमा ग्रामथानमा गई पूजा गरेपछि मात्र अरु विधि विधानको काम सुरु हुन्छ ।
देवीदेवताका लागि र गाउँको रक्षा एवं कृषि बालीमा उर्वरा शक्ति बढाउनका लागि बोका, कुखुरा वा हाँसको बलि दिने प्रचलन छ । अचेल ग्रामथानमा बलीचढाई मिठाई र फलफूलहरूबाट (बैश्णवी) पूजागर्ने र चढाउने गरिन्छ । पूजा सम्पन्न भएपछि प्रसाद टोल बस्तीका मानिसहरूको घर–घरमा गएर बाँढ्ने प्रचलन परम्परा देखि अहिलेसम्म चलि आएको छ ।

ग्रामथान समानताकी देवी हुन् । यसमा पूजा गर्नबाट कसैलाई बन्देज गरिन्न । तराई मधेशमा बसोबास गर्ने उच्चवर्ग, आदिबासी–जनजाति, दलित र पिछडावर्गमा पर्ने समुदायको पवित्र स्थान हो । ग्रामथानमा विभिन्न देवी देवताको पूजापाठ गरिन्छ । मुख्य रूपमापूजिने देवीदेवताहरूमा मूल राजाजी, हात्तीबन्धा (हात्ती आतंक शान्त पार्न), बघेसरी (बाघको आतंक शान्त पार्न), रूपनी अहारनी (धनकी देवी लक्ष्मी), गहिल, बामत, गैया, बाधबधुवार (जंगल, जमिन, जलका देवता), विश्वकर्मा, संकटमोचन हनुमान ठाकुर, अधौरीनाथ, डिहवारनी (वास्तु देवता), बिषहरा (नाग देवता), जलकुमारी (बाढी–पानीबाट जोगाउने देवता) र संसारीमाई (रोग–व्याधीबाट बचाउन) लगायतका देवदेवताको पूजा गर्ने प्रचलन छ ।

ग्रामथानमा गरिने प्रमुखपूजाहरू दुईवटा छन् । असार महिनामा ’अखारी पूजा’ जसमा दूध, सख्खर, चामल मिश्रित खिरको प्रसाद, फलफुलहरू चढाइन्छ । त्यस बाहेकपान, सुपारी, फूल, धुप चढाइन्छ भने अगरबत्ती, चिराग (दियो) बालिन्छ । मंसिर महिनामा ’नेमानीपूजा’, जसमा नयाँ अन्न बाली काँचो धान ल्याएर च्यूरा वनाई त्यसबाट लड्डु बनाएर दूध, सख्खर, चामल मिश्रित खिरको प्रसाद, फलफुलहरू चढाइन्छ । त्यस बाहेक पान, सुपाडी, फूल, धुप चढाईन्छ भने अगरवत्ती, चिराग (दियो) बालिन्छ । त्यसैगरी केही ग्रामथानहरूमा नयाँवर्षको बैशाख महिनामा ग्राम देवताको पूजा गरी धानको बीउ लगाउने प्रचलनरहेको छ । मंसिरमा ग्रामथानको पूजा गरी धान काट्ने प्रचलन समेत रहेको छ ।
ग. ग्रामथान पूजाको प्रकार
१.छोराछोरीको विवाहपूजाः कसैको छोरा वा छोरीको विवाह गर्दाको अवसरमा ग्रामथानमा पुगेर अनिवार्य रूपमा पूजापाठ गरिन्छ ।
२.सर्पदंश वा अन्य रोगव्याधि टार्न गरिने पूजाः यस पूजामा देवी बिसहारी (सर्पदेवी र नागदेवता) लाई दूध, चामल, नरिवल आदि चढाएर पूजा गरिन्छ ।
३.धान पूजाःनयाँधानभित्र्याउँदागरिने विशेषपूजा ।
४.बलिदान पूजा (सक्कर पूजा) ः देवीदेवताका लागि र गाउँको रक्षा एवं अन्न बालीमा उर्वराका लागि पाठा–पाठी (बोका–बाख्री), हाँस, परेवा, कुखुराको चल्लाको बलिदिने एवम् पूजा सम्पन्न भएपछि प्रसाद गाउँटोलमा बाँड्ने गरिन्छ ।
५.महामारी पूजाःगाउँमा महामारी, प्राकृतिक विपत्ति वा अन्य संकट आउँदा देवीदेवता सँग गाउँको शान्ति र सुरक्षाका लागि आशिर्वाद माग्ने गरिन्छ ।
६.हरियर (बाली हरियो) पूजाः कृषकहरूको कृषिउत्पादन राम्रो होस् भनेर गरिने पूजा हो । यसमा गाई, गोरु, खेतीपातीको संरक्षणको लागि देवी–देवतासँग प्रार्थना गरिन्छ ।
घ. ग्रामथानपूजामाचाहिने सामग्रीहरू
मधेशी समुदायको सांस्कृतिक र धार्मिक परम्परासँग गहिरो सम्बन्धित ग्रामथानको पूजामा पूजाको प्रकार, स्थानीय परम्परा र उपलब्धताका आधारमा विभिन्न सामग्रीहरू प्रयोग भएको पाइन्छ । सामान्यतया ग्रामथानको पूजामा निम्न सामग्रीहरूको आवश्यकता पर्छ ।
– पवित्र वातावरण सिर्जना गर्न धूपबत्ती, अगरवत्ती र दीप
– देवीदेवताहरुलाई चढाउनका लागि ताजाफूलहरू, विशेष गरी सेता र रातो
– पवित्र चामल, जसलाई पूजाक्रममा अक्षताका रूपमा प्रयोग गरिन्छ ।
– शुभफलको रूपमा नरिवल
– केरा, स्याउ, सुन्तला, अगुर लगायतका फलहरू
– पान, सुपारी र ल्वाङ, पानको पात, सुपारी र दही, दूध र खीर
– मह ः पञ्चामृत तयार गर्न र अभिषेकका लागि
– रङ्गीन कपडा (चीर) ः देवी–देवताका मुर्तिलाई सजाउन र अर्पण गर्न रङ्गीन कपडाहरू
– पवित्रजल (गङ्गाजल) ः शुद्धिकरण र अभिषेकका लागि
– पशुबलि सामग्रीःबोका, पाठी, कुखुरा, हाँस आदि ।
– प्रकाशका लागि माटोको दियो र तेल
– पूजाका क्रममा चाहिने विशेष कपडा र पवित्र धागो (रक्षासूत्र)
– देवी–देवताका लागि सिन्दूर र हल्दी
– टिका लगाउन र मूर्ति सजाउन चन्दनको लेप
– ठठेलले बनेको घोडा र कागज छतरी
– पूजापछि वितरण गर्न मिठाई, खीरवाअन्य परिकार ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]