
विराटनगर, माघ २० गते । नेपाल पत्रकार महासंघ माेरंले विश्व क्यान्सर दिवसकाे अवसरमा भिया स्क्रिनिङ्ग र स्तन (ब्रेष्ट) परिक्षण र क्यान्सर राेग सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेकाे छ ।
विराट टिचिङ्ग हस्पिटलकाे प्रविधिक सहयाेगमा महिला पत्रकारहरूलाई लक्षित गरी गरिएको भिया स्क्रिनिङ्ग र ब्रेष्ट परिक्षणमा १७ जना सहभागी भएका थिए । परिक्षण पछि केहीलाई थप परिक्षणकाे लागि विराट टिचिङ्ग हस्पिटल आउन भनेकाे महासंघले जनाए ।
स्क्रिनिङ्ग र ब्रेष्ट परिक्षणपछि पत्रकारहरूसँगकाे छलफलमा
बिराट मेडिकल कलेजकी क्यान्सर रोग बिशेषज्ञ डाक्टर अस्मिता रायमाझीले क्यान्सर राेगका बारेमा जनचेतनामूलक सामग्री प्रस्तुत गरेका थिए ।
उहाँले आत्मविश्वासका साथ क्यान्सर राेगकाे उपचार गराए जुनसुकै क्यान्सरबाट पनि बाच्न सकिने बताए ।
सुरुवाती अवस्थामा पहिचान गरेर उपचार गरेमा महिलामा हुने स्तन क्यान्सर, पाठेघर क्यान्सर र पाठेघर मुखकाे क्यान्सरबाट बच्न सकिने वताए ।
फाेक्साेकाे क्यान्सर, पेटकाे क्यान्सर, खाने नलीकाे क्यान्सर
पित्त थैलीकाे क्यान्सर, पिसाब थैलिकाे क्यान्सर, प्राेस्टेट ग्रन्थि लगायत शरिरमा हुने अन्य क्यान्सर राेगहरू चुराेट, तम्वाखु खान, धुवाँकाे प्रकाेप, चिल्लाे खानपिन र वनशानुगतबाट समेत क्यान्सर राेग लाग्ने वहाँकाे भनाइ थियो ।
क्यान्सर राेग सुरुको अवस्थामा पत्ता लाएर उपचार गर्दा ९५ प्रतिशत निको हुने सम्भावना रहन्छ । अन्तिम अवस्थाको क्यान्सर छ, भने पनि १२ देखि १३ प्रतिशत निको हुने विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा रहेकको उहाँले जानकारी गराउदै अहिले क्यान्सर भन्ने वित्तिकै आत्तिहाल्नुपर्ने अवस्था नरहेको डाक्टर रायमाझीकाे भनाइ थियोे ।
हस्पिटलकी ग्रामीण मिडिया कोडिनेटर लिना थापाले महिलाकाे सम्पत्ति पाठेघर नै भएकाले महिला दिदीबहिनीहरूले विशेष ख्याल गर्नुपर्ने वताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशिला पाठक, कोशी प्रदेशका उपाधयक्ष कुमोद अधिकारी, महासचिव हेमा चेम्जोङले क्यान्सर राेग सम्बन्धि जानकारी मुलक मन्तव्य राखेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]