विराटनगर, श्रावण १३ गते । सप्तरी जिल्लाकाे शम्भुनाथ नगरपालिका वडा नं -३ कंचनदहा देबनारायण ठाकुरले २०७२ सालमा जग्गा खिचाेला कब्जा मेटाई घर हटाइ चलन समेत सोही ठाउँ बस्ने राजदेव दास माथि जिल्ला अदालत सप्तरीमा मुद्दा दायर गरेकाे १२ वर्ष पछि ठाकुरले न्याय पाएकाे छ।
प्रतिवादी दासकाे जग्गाको पछाडिपट्टि रहेको वादीको जग्गामा ठाकुरले आवतजावत गर्नका लागिल५ मिटर मुख भएको ७ धुर जग्गा जग्गा खरिद गरेका थिए।
प्रतिवादी दासले वादी ठाकुरको कित्ता नं ५९६ को पुरा जग्गा कब्जा गरी अवैध रुपमा पक्की संरचना निर्माण गरी जग्गा अतिक्रमण गरेका थिए। प्रतिवादीको अतिक्रमणले गर्दा वादीको बाटो पूर्ण रुपमा बन्द हुँदा करिब १२ वर्ष अगाडि वादी ठाकुरले बनाएको पक्की घर जीर्ण भएका छन। वादी ठाकुर पोखरीको डिलमा छाप्रो बनाएर बस्न बाध्य भएका थिए ।
प्रतिवादीले अदालतलाई गुमराहमा पार्नको लागि जग्गाको उत्तरतर्फको सधियारसँगको मिलेमतोमा सिमाना समेत सारेका थिए। सो अतिक्रमित जग्गाको फैसला कार्यान्वयन गर्न लागि सम्मानित सप्तरी जिल्ला अदालतबाट २०८३ साल असार २३ गते कर्मचारी डोरमा खटाएका थिए ।
डोरमा खटिएका प्राविधिक सहितको कर्मचारी, सुरक्षा निकाय, वडा कार्यालयको प्रतिनिधि तथा स्थानीय गाउँ समाज, भद्रभलादमीको रोहबरमा सम्मानित अदालतको फैसला तथा चलन हटक आदेश बमोजिम अवैध रुपमा निर्माण गरेको पक्की संरचना हटाई चलन चलाई दिएको हो।
चलन चलाउने क्रममा प्रतिवादीले अवरोध गर्दा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सामान्य बल पनि प्रयोग गर्नु परेको थियो।
सुरक्षा निकायको सहयोगमा अदालतबाट फैसला कार्यान्वयन हुँदा स्थानीय बासिन्दा सहित पीडित ठाकुर अदालतबाट करिब १२ वर्षपछि न्याय पाउँदा हर्षितमा भएकाे छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]