विराटनगर, श्रावण १८ गते । अटो सहित लत्ताकपडा र किराना सामान प्रहरीले बरामद गरेका छन् ।
मोरङ्गकाे बुढिगंगा गाउँपालिका-१ स्थित टंकी सिनुवारीमा सशस्त्र प्रहरी बल, नेपाल ३ नं. गण हेडक्वटर कंकालिनी मोरङ्गबाट खटिईएको टोलीले भारत बाट अबैध रुपमा भन्सार छली समान बरामद गरेकाे हाे ।
समान बाेकी नेपाल तर्फ प्र.१-०२-००२ ह ९६८१ नम्बरको अटोमा लोडगरी ल्याउँदै गरेको भन्सार मुल्य ५ लाख ७४ हजार ४ सय ७९ बराबरको लत्ताकपडा र किराना समान बरामद गरेकाे छ । त्यसैगरी अटोको भन्सार मुल्य ४ लाख गरी जम्मा भन्सार मुल्य ९ लाख ७४ हजार ४ सय ७९ र सशस्त्र प्रहरी बल नेपाल बार्डर आउट पाेष्ट डोरियाबाट १ वटा गाई र १ वटा बाछा र अन्य मातहत कार्यलयबाट किराना सामानहरु गरी जम्मा भन्सार मुल्य १० लाख १५ हजार ६ सय ७९ बराबरको अटो, किराना सामान र पशु चौपाया बरामद गरी बिराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]