
विराटनगर, श्रावण २० गते । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय, पूर्वाधार विकास कार्यालय, मोरंग, कोशी प्रदेश विराटनगरका प्रमुख खडानन्द इसरले ७२ प्रतिशत भौतिक प्रगति भएको वताएका छन् ।
पूर्वाधार विकास कार्यालयमा पुँजिगत तर्फ संघ समपुरक अनुदान तर्फ १ करोड ५५ लाख ७० हजार, संघकै सशर्त अनुदान ८० लाख ९६ हजार ५ सय र प्रदेश सरकारबाट १४ करोड १५ लाख ९१ हजार ४९२ गरी पुँजीगत तर्फ जम्मा १६ करोड ५३ लाख ५७ हजार ९९२ रहेको थियो ।
संघको समपुरक अनुदानवाट ९८ लाख ३ हजार ९२ खर्च भई ६२.९६ प्रतिशत प्रगती भएको छ भने संघकै सशर्त अनुदानवाट ३० लाख ५० हजार ६७९ खर्च भई ३७.६८ प्रगती छ । त्यसैगरी प्रदेश सरकार तर्फ १० करोड ३५ लाख ९२ हजार ८८६ खर्च भई ७३.१६ प्रतिशत प्रगती भई पुँजी तर्फ जम्मा ११ करोड ६४ लाख ४६ हजार ६५७ खर्च भई ७०.४२ प्रगति भएको कार्यालय प्रमुख इसरल जानकारी दिए ।
चालु तर्फ प्रदेश सरकारले २४ लाख ७२ हजार ८५० विनियोजन भएकोमा २१ लाख ३२३ रुपियाँ खर्च भई ८४.९४ प्रतिशत भएको छ । समग्रमा चालु र पँुजीगत गरी १६ करोड ७८ लाख ३० हजार ८४२ मा ११ करोड ८५ लाख ४६ हजार ९८० खर्च भई ७०.६३ समष्टिगत वित्तिय प्रगती भएको र भौतिक तर्फ ७२ प्रतिशत प्रगती भएको जानकारी गराउँदै भने भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण सोचे जस्तो काम हुन सकेन नत्र ९० प्रतिशत भन्दा माथि प्रगती हुने विश्वास लिएको कार्यालय प्रमुख इसरले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]