
विराटनगर, भाद्र २५ गते । विराट व्यापार संघ विराटनगरले १६ वर्षपछि दोस्रो संस्करणको विराट टेड फेयर आयोजना गरिने भएकाे छ ।
संघका अध्यक्ष प्रमाेद जिन्दल र विराट ट्रेड फेयर २०८३ काे संयाेजक श्यामलाल पौडेल (भवेष)ले पत्रकार सम्मेलन गरि तत्कालीन अध्यक्ष यादव पोखरेलको कार्यकालमा पहिलो विराट महोत्सव २०६७ सफलतापूर्वक आयोजना गरेको विराट टेड फेयर संयाेजक पाैडेलले वताउनु भयाे ।
उक्त महोत्सवमा नेपाल, भारत तथा पाकिस्तानका गरी ७८ वटा स्टल राखिएका थिए । ११ दिनसम्म सञ्चालन भएको महोत्सवमा नेपाल तथा छिमेकी मुलुकबाट करिब ५५ हजार दर्शकले अवलोकन गरेका थिए। सोही कार्यक्रमको निरन्तरतास्वरूप यस वर्ष असोज २२ गतेदेखि ३० गतेसम्म विराटनगर-७ स्थित जैन भवनमा दोस्रो संस्करणको विराट टेड फेयर २०८३ आयोजना गर्न लागिएको अध्यक्ष जिन्दलले वताउनु भयाे ।
विराट टेड फेयर मेलामा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका करिव १०० वटा स्टल रहनेछन् । मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पल, हार्डवेयर, स्टिल तथा ट्रेडिङ, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामग्री, अटोमोबाइल, फर्निचर, फर्निसिङ सामग्री, गृहउपयोगी सामग्री, कृषि तथा कृषि उत्पादन, बैंक तथा वित्तीय सेवा, सूचना प्रविधि, हस्तकला लगायत विभिन्न वस्तु तथा सेवाको प्रदर्शनी तथा बिक्री अध्यक्ष जिन्दलले वताउनुभयाे ।
व्यापारसँगै दर्शकलाई मनोरञ्जन प्रदान गर्न मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि, फूड कोर्ट, किड्स जोन लगायतका आकर्षणहरू रहनेछन् । मेलाको मुख्य आकर्षणका रूपमा नेपाली कलाकृक्तिमा आधारित विशेष सेल्फी जोन तथा आकर्षक प्रवेश द्वार समेत निर्माण गरिनेछ । आयोजकले मेला अवधिभर स्वदेश तथा छिमेकी मुलुकबाट गरी करिब एक लाख दर्शकको आगमन हुने अपेक्षा आयाेजकले गरेकाेछ ।
आयाेजकले प्रति स्टल ४० हजार लिनेछ भने दर्शकबाट प्रवेश शुल्क ५० लिनेछ । प्रवेश शुल्क बापत प्रत्येक दिन १ जनालाई वम्वर उपहार प्रदान गर्ने आयाेजकले वताउनुभयाे ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]