विराटनगर, माघ ११ गते । कलाकार सम्मान प्रतिष्ठान तदर्थ समिति विराटनगरले संगित सृजनाकर्मी चन्द्र थापालाई सम्मानित गर्ने भएकाे छ ।
प्रतिष्ठान तदर्थ समितिका संयाेजक इन्द्र बहादुर परियारले पत्रकार सम्मेलन गरी आफ्नो अग्रज कलाकारको सम्मानको लागि कलाकारहरु एकजुट भई आफैले रकम जुटाई उँहालाई नगद राशि २५ हजार नगद सहित सम्मान पत्रद्वारा यही माघ १४ गते शनिवार आरोहण गुरुकुलमा सम्मानित गरिने वताए ।
वि.स. २००७ सालमा पिता महाविर वहादुर थापा र माता मनमाया थापा मगरको कोखबाट जन्मीनुभएका चन्द्र थापा वरिष्ठ रंगकर्मी, चलचित्र निर्देशक स्व. माधव सापकोटाले स्थापना गरेको भिम कला मन्दीरमा आबद्ध भई संगित क्षेत्रमा लाग्नुभएको थियो ।
विक्रम सम्वत २०६० साल सम्म ‘यो कान्छीको आँखै राम्रो’ बोलको गीतसम्म निरन्तरता रहेका ७२ वर्षीय थापा हाल कटहरी गाँउपालिका वडा नं. २ आदर्शनगरमा बसोबास गरिरहनुभएको वताए ।
सरल र मिलनसार स्वाभावका थापा स्व. माधव सापकोटाद्धारा निर्देशित नाटक ‘रक्तिम बलेसीका रातहरु’, ‘सिन्दुर चुरापोते मेरो जीन्दगी’, ‘रहस्यमय रात’ टेलीसिरियल ‘अग्नीपथ’, नेपाली कथानक चलचित्र ‘सौभाग्य’ मा संगीत दिनुभएको थियो ।
त्यस्तै टेलीफिलिम ‘खर्पने’, नाटकहरु ‘सारंगीको आँसु’, ‘यात्री’, रसिक बुढो अन्योलमा’ र सांगितीक एल्बम ‘द ब्लु मुन’ र ‘कान्छीको आँखै राम्रो’ मा संगीत दिइसक्नु भएकाे थियाे ।
पाँचहजार भन्दा बढि विद्यार्थीहरुलाई संगीत प्रशिक्षण दिइसक्नुभएका थापा वरिष्ठ नाटक तथा चलचित्र निर्देशक स्व. माधव सापकोटा, स्व. राज आनन्द कार्की, स्व. चतुर्भुज आशावादि, स्व. कामेश्वर झा का समकालिन एक मात्र जीवित पात्र रहेकाे परियारले वताए ।
कलाकार सम्मान प्रतिष्ठान तदर्थ समितिकाे सदस्यमा पारस थापा, राजेन्द्र भगत, निलम खवास, निरज गौतम (ब्लाड), ज्योती कामत (डोमी), दशरथ शाह, संगीता यादव, पुरन गिरि, गिता कोईराला, राजकुमार कार्की, दिपा पोखरेल रहेका छन ।
त्यसैगरि सल्लाहकारमा केशव रायमाझि, ध्रुव उप्रेति, विनोद पुडासैनी, किरण पुडासैनी रहेका छन्
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]