अजय मिश्रा/कपिलवस्तु, फाल्गुन १९ गते । यात्रुबाहक बसको सिटमुनी अवैध लत्ताकपडा र ड्राईफुड लगायतका समानहरू सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेका छन ।
नगरपालिका-२ ब्यारियर स्थित चेकपोस्टमा बिशेष सुचनाको आधारमा कृष्णनगर देखी चन्द्रौटा चल्ने यात्रुबाहक बसको सिटमुनी अवैध लत्ताकपडा र ड्राईफुड बरामद उक्त बक्स भित्र (साडी,लेडिज सुट, कुर्ता सुर्वाल,लेडिज अण्डर वियर, लेडिज वानपिस,चिसो पिय पदार्थ, ड्राई फ्रुट्स काजु,बदाम,पेस्ता र खजुर) आदी अबैध सामानहरु भारतबाट भन्सार छली ल्याउदै गरेको अवस्थामा बरामद गरेकाे हाे ।
अन्दाजी मूल्य १ लाख ५ सय बराबरको लत्ता कपडा र किराना सामान बरामद गरी कृष्णनगर भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि. भिल्मिबाट सशस्त्र प्रहरी नायब निरीक्षक बोम बहादुर सारुको गोसती टोलीले जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिका-७ सतभरा स्थित भारतबाट अवैध रूपमा नेपाल तर्फ ल्याइँदै गरेको अन्दाजी ३२ हजार २ सय ७१ बराबरको गुल, बिडि, सुर्ति,,काजु बदाम लगायत किराना सामानहरु बरामद गरी कृष्णनगर भन्सार कार्यालयमा बुझाएको छ ।
त्यसैगरी प्रस्तावत सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि.बिजयनगर कपिलवस्तुबाट सशस्त्र प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीको गस्ती टोलीले जिल्ला कपिलवस्तु बिजयनगर गाउँपालिका-२ लोहरौलामा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १५० केजी ब्रोइलर कुखुरा बरामद गरी स पशु क्वारेन्टाईन र स्थानिय जनप्रतिनिधिको रोहबरमा नष्ट गरीएको छ। कुखुरा ढुवानीमा प्रयोग भएको माेटरसाईकल आवश्यक कार्बाहीको लागी कृष्णनगर भन्सारमा बुझाईएको छ ।
सशस्त्र प्रहरी बलले अवैध सामान तस्करी रोक्न सीमा क्षेत्रमा कडा गस्ती जारी राखेको छ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]