विराटनगर, फागुन २३ गते । उर्लावारी, नवलपरासी र दमकबाट चोरी भएको ३२ थान मोवाइल प्रहरीको संयुक्त टोलीले बरामद गरेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह तथा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्तरुपमा परिचालन भएको प्रहरी टोलीले चोरी भएको मोवायल बरामद गरको हो ।
माघ २१ गते मोरङको उर्लाबारी नगरपालिका–५ स्थित योगराज कार्कीको मोबाइल वल्ड पसलको सटर तोडफोड गरी चोरी भएको मोबाइलहरु खोजतलासको क्रममा परिचालन भएको प्रहरी टोलीले भारतीय प्रहरीसंगको सहकार्यमा भारतका बिभिन्न स्थानहरुबाट उर्लाबारीमा चोरी भएको २० थान मोवायल बरामद गरको थियो ।
त्यसैगरी नवलपरासीमा चोरी भएको ११ थान र दमकमा चोरी भएको १ थान मोवायल बरामद गरेको थियो ।
मोवायल चोरीको घटना सम्बन्धमा अन्य थप अनुसन्धान तथा चोरीमा संलग्न व्यक्तिहरुको खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]