जय प्रकाश महतो
विराटनगर, बैशाख २३ गते । मर्यादा, सम्मान र आर्दश शब्दहरुको निर्माता माता सीता हुन् । आफनो कर्म, निर्मल मन र पवित्र उदेश्यको सर्जक माता सीताद्धारा प्रदत्त एक पहिचान हो सीता नवमी। जसरी शिशाको ग्लासलाई जताबाट हेरिन्छ त्यतैबाट आफनो अनुहार देखिन्छ त्यसरी नै जब मर्यादा, सम्मान र आर्दश शब्दको उचारण गरिन्छ अनि हामी माता सीताको चरित्र, स्वाभाव, व्यवहार, आर्दश, धैर्यता र कर्मलाई सम्झन्छौं । आफनो कर्ममा सर्तकता अपनाउछौं । बैशाख शुल्क नवमीलाई जानकी नवमी वा सीता नवमी पनि भनिन्छ । उक्त दिन माता सीताको जन्म दिन आदर भावले मनाउने गरिन्छ । नारी शक्तिको अथक योद्धाको रुपमा राष्ट्रले पहिचान गर्दै माता सीतालाई नेपालको बिभुति ल्बतष्यलब िज्भचय को रुपमा सम्मान गरेको छ । यो सम्मान माता सीताको मात्रै नभई सबै आर्दश नारीहरुको सम्मान हो ।
माता सीताको जन्म
सूर्यवंशी कुलको महर्षि राजा जनककी जेष्ठ छोरी सीता थिईन् । यिनलाई जनककी छोरी भएकोले जानकी पनि भनिन्छ ।सीताको जन्मको बारेमा विभिन्न ग्रन्थहरुमा फरक फरक तरिकाले विद्धानहरु आ आफनो तर्क उल्लेख गरेको पाइन्छ । जस मध्ये सब भन्दा उचित र विश्वासिलो तर्क उल्लेख गर्दै भनेका छन् कि राजा जनकको राज्यमा निकै ठुलो अनिकाल परेछ । केही वर्ष देखी पानी नपरेको कारण राज्यका जनताहरु भोक र गरिवीले छटपटाई रहेका थिए । त्यसै वेला राजा जनकले आयोजना गरेको एक यज्ञमा राजा जनक र उसको पत्नी दुवै जनाले सँगै खेतमा हलो जोतेपछि मात्र बर्षा हुने ऋषिमुनिहरुको आदेश कथनलाई राजा जनकले पालन गरेको बताइन्छ । राजा जनकको पत्नी सो समय गर्भवति रहेको र गर्भाधारणको अन्तिम समय रहेको थियो । सधैं प्रजाको लोक हित चाहने राजा जनकले त्यस्तो अवस्थामा पनि आफनो पत्नी सहित खेतमा हलो जोत्न गएको बताईन्छ । त्यस वेला हलोले बनाएको रेखामा राजा जनकको पत्नी सुनयनाले माता सीतालाई जन्म दिईन् बताईन्छ । त्यही दिन देखी जनतामा खुशीयाली आएको र पानीको बर्षा भई अनिकाल समाप्त भएको बताईन्छ । तसर्थ, भार्गव आर्दश हिन्दी शब्दकोश पेज नं. ७७४ मा आर.सी.पाठकले सीताको बारेमा यस प्रकार उल्लेख गरेका छन् “खेतमा हलोले जोत्दा फार(फाल) बाट बनेको रेखालाई पनि सीता” तथा “खेतीमा राम्रो उत्पादन शुरु” भनेर पनि उल्लेख गरेका छन् । त्यस्तै, नेपाल प्रज्ञा– प्रतिष्ठानद्धारा प्रकाशित नेपाल बृहत् शब्दकोशको पेज नं. १२७८ प्रा. बालकृष्ण पोखरेलले सीता भनेको “जोत्दा जमिनमा परेका हलोको डोब, मिथिलाको राजा जनककी छोरी, जोतिएको जमिन, श्रीरामको पत्नी, लक्ष्मी, पार्वती” उल्लेख गरेका छन् । यसवाट पनि प्रष्ट प्रमाणित हुन्छ कि राजा जनककी पत्नीसुनयनाको गर्भबाट खेतमा हलो जोत्ने बेलामा जन्म भएकोले नै सोही अनुसार सीताको अर्थ राखिएको हुन सक्छ बताईन्छ ।
माता सीताको जन्म बैशाख महिनाको नवमीको दिन भएको र नवमी भन्दा ठुलो कुनै अंक पनि नभएकोले माता सीतालाई सब भन्दा श्रेष्ठ मानिएको बताइन्छ । खेतमा हलो जोतिने बेलामा जन्मिएको हुनाले कृषि कार्यमा जोतिएको भुमिलाई पनि सीता भनिएको पाइन्छ । राष्ट्रको पहिचानको रुपमा चित्रण गरिएको माता सीताको जन्म नेपालको भुगोलले स्वीकार गरिसकेको प्रष्ट छ । लव कुशको जन्म वर्तमान नेपालको चितवन जिल्लाको बाल्मीकि आश्रममा भएको विषय पनि नेपालका इतिहासकार र संस्कृतिविद्हरुले पनि स्वीकार गरेको देखिन्छ । माता सीताको दुई यमज पुत्रहरु जेठ कुश र कान्छो लव रहेको थियो ।
सीता गुफा ः कालिगण्डकी नदी त्रिशुलीमा मिसिने स्थान प्रसिद्ध रहेको देवघाट तीर्थ पर्दछ । यस स्थानमा चितवन, तनहुँ र नवलपरासी तर्फका बिभिन्न स्थानहरुमा अनेकौं देवी देवताहरुको प्रतिमा र मठमन्दिरहरु रहेका छन् जसलाई तीर्थका नामले जान्ने गरिन्छ ।देवघाटको तनहुँतिर पनि ज्यादा मठ मन्दिरहरु र गुफाहरु रहेका छन् । त्यस्तै एउटा गरफा कालिगण्डीको माथि तिर वशिष्ठ गुफाको छेउमा सीता गुफा भन्ने गरिन्छ (तिम्सिना, २०६४ ः ९८) । यस क्षेत्रमा राम र सीताका क्रियाकलापहरु भएको बताइन्छ । माता सीताले आफनो यमज पुत्रहरु लव र कुशलाई यसै स्थानमा बसेर रामको जिम्मा लगाएकाी थिईन् तसर्थ, त्यहाँको गुफालाई सीता गुफा पनि भनिन्छ । सीता गुफा सानो तर आर्कषक देखिन्छ।(स्रोत ः प्रा. डा. सोमप्रसाद खतिवडा, नेपाली संस्कृति विश्वकोश, २०७४, पेज १२७०) ।
शब्दकोशमा उल्लेख गरेको परिभाषाहरुले माता सीता राजा जनककी छोरी मात्र नभई एक असल नारीको परिचय दिदै आफनो बुवा कुलको र पति श्रीराम कुलको मार्यादा राख्न सफल भएको देखिन्छ । शास्त्र र शस्त्रमा निपुणता हासिल गरेका विद्धान राजा जनककी छोरी सीता रघुकुलमा बुहारी भएर गएकाले आफनो मातृत्व र पतिको पितृत्वलाई सम्मान दिएको देखिन्छ । त्यसैले, माता सीताको विश्वास र कर्म दर्शनको रुपमा लिने गरिन्छ । लेखक अध्यक्ष, भाषा संस्कृति प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]