सुनसरी र माेरंगबाट लागू औषध सहित २ जना पक्राउ
विराटनगर, असोज १३ गते । सुनसरी र मोरङबाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आईतवार सुनसरीको धरान- ४ स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर पिआइटी, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले प्लास्टिको बोरामा प्याक गरि राखेको लागू औषध गाँजा २ सय ७५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका- ८ का १९ बर्षीय बिवसन राईलाई नियन्त्रणमा लिएको थियोे ।
कोशी गाउँपालिका-५ स्थितबाट अस्थायी प्रहरी पोष्ट कटानले बेवारीसे अवस्थामा रहेको ४७ किलोग्राम गाँजा बरामद गरेको थियाे । त्यसैगरी भोक्राहानरसिंह गाउँपालिका-२ बाट प्रहरी चौकी भोक्राहाले ट्रामाडोल (६८६ पत्ता) ६ हजार ८ सय ६० क्याप्सुल बरामद गरेको थियोे ।
बिराटनगर-११ बाट वडा प्रहरी कार्यालय बिराटनगरले उदयपुरको चौदण्डीगढी गाउँपालिका-४ की २१ बर्षीया इसिका मगरलाई ट्रामाडोल ४२ क्याप्सुल र डिकोलिक ६ ट्याब्लेट सहित पक्राउ गरेको थियाे ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]