विराटनगर, असाेज २३ गते । लाईभ इन्टरमेन्टकाे आयाेजनामा विराटनगर म्युजिक फेस्टिभलकाे चाैथाे संस्करण २०८२ जैनकाे प्रांगणमा असाेज ३१ शुक्रबार हुनेभएको छ ।
कार्यक्रम व्यावस्थापक एवम् संयोजक सन्तोष महत (स्यान्ट्रो) ले नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी गराएकाे हाे ।
नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसर पारेर आयोजना गरिदै आएको विराटनगर म्युजिक फेस्टिभलकाे चाैथाे संस्करणले दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव वढाउन महत्वपुर्ण सहयोग गर्ने अपेक्षा आयोजकले अपेक्षा गरेकाेछ ।
विगतमा ३ पटक सफलता पुर्वक आयोजना भईसकेको विराटनगर म्युजिक फेस्टिभलकाे चाैथाे संस्करण विराटनगरको एक मात्र ठुलो सांगितिक कार्यक्रम भएकाे आयाेजकले दावी गरेकाे छ ।
चौथौं संस्करणमा राष्ट्रिय कलाकार चर्चित गायक तथा युवा पुस्तामा प्रख्यात व्याण्ड स्वर्ण र पूर्ण राई दाजुभाइहरूलाई मुख्य आकर्षणको रुपमा रहनेछ । थप आकर्षणको रुपमा विराटनगरका ख्याति प्राप्त व्याण्ड द स्मृति वेण्ड रहनेछ । साथै स्मृति बैण्ड स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विशेष प्रस्तुती पनि रहने छ ।
त्यसैगरी विराटनगरका चर्चित गायक शुभम् एणङ द वेण्डको सांगितिक प्रस्तुति र विराटनगरको स्थानिय डान्स क्लवहरुको नृत्य प्रस्तुति रहनेछ।
कार्यक्रमलाई थप आकर्षक बनाउन र स्थानिय परिकारहरुको स्वाद लिन फुड स्टलको व्यवस्था रहनेछ । विगत लामो समय देखि विराटनगरलाई संगित मार्फत चिनाउदै आएका द स्मृति वैण्डलाई नगद सहित सम्मान गरिने (स्यान्ट्रो) ले जानकारी दिए ।
कार्यक्रमको लागत करिव २० लाख अनुमानित गरिएको छ र लागत संकलनको स्रोत का रुपमा विज्ञापन दाता कम्पनि, सहयोगि संघ सस्था र व्यक्तीगत सहयोगहरु रहने छन् । साथै भीआइपी टीकट १ हजार र सधारण टिकट ३ सयमा खरिद गर्न सकिन्छ । विराटनगर म्युजिक फेस्टिभलकाे चाैथाे संस्करण करीब ५ हजार जनाकाे सहभागीता हुने आयाेजकले दावी गरेकाेछ । कार्यक्रमलाई भव्य बनाउन अन्तराष्ट्रिय स्तरको डीबी टेकनाेलाेजी साउण्ड सिस्टम, लाईट, स्टेिज तथा स्कृनको प्रयोग गरिने छ । जसबाट जैन भवनकाे प्रांगणवाट म्युजिककाे आवाज बाहिर जादैनन । अनलाइन टिकट खल्ती वाइलेटबाट खरिद गर्न सकिनेछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]