विराटनगर, असोज २७ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को १ नम्बर प्रदेश एकताको प्रथम अधिवेशनबाट सर्वसम्मतिले अध्यक्ष पदमा दाेस्राे कार्कालका लागि सर्वसम्मत चयन भएको छ।
त्यसैगरी उपाध्यक्षमा हस्तशोभा राई, अनिल कुमार ठाकुर, विष्णु कुमार लावती निर्वाचित भएका छन ।
मुख्य सचिवमा घनश्याम कट्वाल सचिव आइत चेम्जोङ, मनोज यादव, दीपेन्द्र रुम्दाली राई र कोषाध्यक्ष केशव जबेगू लिम्वू निरविराेध निर्वाचित भएका छन ।


आईतवार भएकाे एकताको प्रथम अधिवेशनकाे प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको वताउँदै “राष्ट्रपतिले विज्ञहरू समावेश गरी सरकार निर्माण गरे मात्र देशमा शान्ति र सुशासन कायम हुन सक्छ।” वताएका थिए ।
अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीको स्वरूप परिवर्तन गर्नुपर्ने र संविधान पुनर्लेखन गर्नुपर्ने आवश्यकता औंल्याउदै सात प्रदेशीय संरचना पर्याप्त नभई दश प्रदेशीय संरचना उपयुक्त हुने धारणा राख्दै प्रतिनिधि सभाको निर्वाचन वर्तमान अवस्थामा असम्भव भएकाे धारणा राखेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]