विराटनगर, जेष्ठ २९ गते । कोशी प्रदेश सभा सदस्य गिता रानी महतोले जहदा गाउँपालिका वडा नं. २ हरिनगरामा बाबा शिव मन्दिरको शिलान्यास गरेका छन् ।
सोही स्थानमा धेरै पुरानो टीनको छाना भएको बाबा शिव मन्दिर जीर्ण भएपछि त्यसैको पश्चिम दक्षिण कुनामा पक्की मन्दिर भवनको शिलान्यास गरेका हुन् ।
उक्त मन्दिर शिलान्यास गर्दै महतोले भनिन हाम्रो समाजमा रहेको मन्दिर, पार्टी, पौवा समाजिक धरोहरको रुपमा रहेको छ । संस्कृति र सभ्यता संरक्षण्को लागि मन्दिर निर्माण कार्यमा सवै गाउँवासीहरुले सहयोग गर्नु पर्ने भन्दै मन्दिर, विद्यालय लगातको संस्थामा राजनीति भन्दा माथि उठेर समाजको सम्पतिलाई संरक्षण र सम्वद्र्धन र नयाँ मन्दिर निर्मामा सवै एकजुट भएर लाग्नु पर्ने वताए ।
त्यसैगरी नेकपा ऐमाले मोरंग जिल्ला सदस्य जय प्रकाश महतोले भने हाम्रा पुर्खाहरुले मन्दिरलाई मनदिल भन्थे किन कि मन र दिल जहा जुट्छ त्यही मन्दिरको स्थापना हुन्छ । हामी बाहिर घुमफिर गर्दा मन एका तिर हुन्छ भने दिल अर्कै तिर हुन्छ तर जव हामी आफूले मन्ने धर्मका धार्मिक स्थानमा पुग्छौ त्यतिवेला मन र दिल एक भएको महसुस हुन्छ । त्यसैले समाजिक एकताको लागि नै हाम्रो हरेक टोलमा मन्दिरहरु निर्माण गरेका हुन्छ ।
नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस््रय धर्मेन्द कुमार राजवंशीले भने पुरानो मन्दिर जिर्ण भएको छ । नयाँ मन्दिर माननीय गितारानी महतोले शिलान्यास गरेका छन् । मन्दिर निर्माण सुरु भएको छ निर्माण सम्पन्न नहुन्जेल सम्म हामी सवैले आ–आफ्नो ठाउँवाट सहयोगर गरेमा चाडै मन्दिर सम्पन्न हुने विश्वास व्यक्ति गरेका थिए ।
शिलान्यास कार्यक्रममा वडा सदस्य, बुद्धीजीव, शिक्षक, पत्रकार र भद्रभलादमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । मन्दिर शिलान्यास कार्यक्रम शिव मन्दिरको अध्यक्ष राजेश कुमार राजवंशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]