श्रेय शर्मा

विराटनगर, असार १ गते । नेपाल पत्रकार महासंघको आयोजना र आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा ७ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ।
पत्रकारिता प्रति रुची भएका विधार्थी र पत्रकारितालाई नै आफ्नो राेजगारीकाे माध्यम बनाउन इच्छुक व्यक्तिहरुलाई पत्रकारिता सम्बन्धी अधारभुत ज्ञान हाेस भन्ने उद्देश्यले सञ्चालित तालिम सम्पन्न भएको हाे ।
आधारभूत पत्रकारिता तालिममा नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षक र नेपाल पत्रकार महासंघसँग आबद्ध अग्रज पत्रकारहरू प्रशिक्षण दिएका थिए ।
प्रशिक्षकहरू महेन्द्र विष्ट, यज्ञ शर्मा, बन्धु पोख्रेल, कुमार लुइँटेल लगायत १६ जना प्रशिक्षण दिएका थिए ।
प्रशिक्षकहरूले सञ्चार, आमसञ्चार समाचार लेखन, आचार संहिता, समाचारको मूल्य प्रकार र स्रोत, फोटो पत्रकारिता, संसदीय पत्रकारिता, अनलाइन सञ्चार माध्यम र पत्रकारितामा एआईको प्रयोग लगायतका विषयमा प्रशिक्षण दिएका थिए।
तालिममा विराटनगरका महानगर पालिका, लेटाङ, सुन्दरहरैंचा, धनपालथान लगायतका पालिकाबाट आएका ३६ जना सहभागीहरू रहेकाे थियोे ।
तालिम सफलतापूर्वक सम्पन्न भएसँगै तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेकाे थियो ।
समापन समारोह नेपाल पत्रकार महासंघ माेरंगका अध्यक्ष सुशिला पाठककाे अध्यक्षतामा सम्पन्न भएकाे थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]