विराटनगर, अषाढ ९ गते । १५औं अन्तराष्ट्रिय एकल महिला दिवसको अवसर पारेर विराटनगरमा ‘एकल महला सुरक्षा कोष’ कार्यविधी निर्माण सम्वन्धि छलफल सम्पन्न भएको छ ।
छलफल कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका उप प्रमुख शिल्पा निराला कार्कीले एकल महिलाहरु समस्याहरु समाधानका लागि कार्यविधी वनाए अगाडी वढ्ने प्रतिवद्धता जाहेर गर्दै एकल महिलालाई विराटनगर महानगरपालिका सहयोग गर्न तयार रहेको वताइन ।


छलफलका सहभागीहरुले एकल महिला कोष बनेको धेरै भयो तर यसको कार्यान्वयन र परिचालन फितलो देखिएको छ । कोष संचालन कार्यविधी देखिएका त्रुटीहरुलाई सच्याउँदै अगाडी वढ्नु पर्ने भन्दै विचार व्यक्त गरेका थिए ।
एकल महिला मोरंगमा ३७ हजार ७ सय ५५, सुनसरीमा २७ हजार ७४ र उदयपुरमा १६ हजार ७ सय ५४ रहेको तथ्याँक समेत प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रम डब्लुएसआर मोरंगका अध्यक्ष चुडा कुमारी रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]