कपिलवस्तु , २३ गते । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट बाट चोरीको मोटरसाइकिल सहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ परेकाे छ ।
अषाढ २० गते कृष्णनगर नगरपालिका वडा नं ११ सरफर बस्ने रामनाथ चौधरीको नाममा रहेको मोटरसाइकल कृष्णनगर नगरपालिका वडा नं १ मड्हा स्थित आरटीओ सड्कखण्डबाट चोरी भएको थियो ।
ईन्जिन नंम्बर एमडी २ ए ५७ वीजेड ८ इडब्लुडी २१६९७ र चेसिस नंम्बर डीएजेडडब्लुइडी ११२५७ भएको निलो रङको लु २२ प ७४९७ नंम्बरको बजाज डिस्कबर मोटरसाईकल इलाका प्रहरी कार्यालय कृष्णनगरले खोज तलाश गर्दा यात्रु गेटबाट मोटरसाइकल सहित भारतीय नागरिक सोनु कुर्मी लाइ पक्राउ गरेकाे हाे ।
भारत उत्तर प्रदेश जिल्ला कुशीनगर लाजाबजार खड्डा बस्ने बर्ष २५ का कुर्मीले खरिद गर्दै गरेको अबस्थामा फेला पारी सोही स्थानबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय कृष्णनगरमा ल्याई सम्मानित कपिलबस्तु जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले जानकारी गराए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]