दिलीप अग्रवाल
रंगेली, श्रावण १ गते । लागुआ‌ैषध हिराेइन सहित सुनवर्षी नगरपालिका-९ डाईनियाबाट भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ ।
इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध अनुसन्धान ब्युरोको संयुक्त टोलीले डाइनिया क्षेत्रबाट ६३.१ ग्राम ब्राउन सुगर सहित भारती नागरिकलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा भारत, बिहार प्रदेश अन्तर्गत सिक्टी निवासी करिब ३२ वर्षीय सद्दाम अन्सारी (चालक) र पछाडि सवार अररिया जिल्ला, सिक्टी ग्रामपञ्चायत निवासी करिब ३२ वर्षीय शेर मोहमद रहेका छन्।
प्रहरीको विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा पक्राउ परेका व्यक्तिसँगै प्रयोग गरिएको भारतीय नम्बर प्लेटकाे बीआर ३७ ए सी ६७९५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
दुवै जना तथा मोटरसाइकललाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]